धमलालाई राखेको निमित्त सदस्यसचिवको जिम्मेवारी

काठमाडौं, मंसिर १३- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य अञ्जन धमलाले मंगलबार राखेपको निमित्त सदस्यसचिवको जिम्मेवारी पाएका छन् ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङ डिसेम्बर १ देखि ३ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको (युएई) गएकाले बोर्ड सदस्य धमलाले निमित्त सदस्यसचिवको जिम्मेवारी पाएका हुन् । राखेप बोर्ड सदस्य धमला दक्षिण एसियाली आइटिएफ महासंघका वरिष्ठ उपाध्यक्ष एवम् नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्षसमेत हुन् ।

नेपाल रग्बी संघका पूर्वअध्यक्षसमेत रहेका घिसिङ युएईको राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालयमा हुने एसिया रग्बी कार्यकारी समिति र इमिरेट्स दुबई रग्बी सेभेन्सको बैठकमा सहभागी हुन दुबइ जाँदैछन् । यस अवधिभर निमित्त सदस्यसचिव धमलाले सदस्यसचिव घिसिङको अनुपस्थितिमा राखेपको नीतिगत निर्णय र आर्थिक कारोबारबाहेक दैनिक प्रशासनिक कार्य गर्नछन्। सदस्यसचिव घिसिङ मंगलबारै दुबई प्रस्थान गरिसकेका छन् ।





थप समाचार

एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको विजयी सुरुवात 

धनगढी – लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर […]

धनगढीमा एलपीएलको सातौँ संस्करण सुरु, उद्घाटन खेलमा सत्यवती एकेडेमी विजयी

कैलालीको धनगढीमा विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौँ संस्करण सुरु भएको छ […]

लिटल फ्लावर प्रिमियर लिग–७ को ट्रफी सार्वजनिक, तयारी पुरा

कैलाली २० माघ – धनगढीमा शनिवारबाट सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) […]

मिथिला कप : बिराट र मिकु चम्किंदा बजाज युथ सेमीफाइनलमा 

फुलबारी क्रिकेट क्लब सुनसरीलाई पराजित गर्दै बजाज युथ एकेडेमी, सप्तरी चौंथो संस्करणको मिथिला कप टि-२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको […]

सन्दीपको मुद्दामा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन माग

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँलको […]

सन्दीप लामिछानेविरुद्धको मुद्धा न्यायाधीश फुयाँलको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्धाको पुर्पक्ष हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा महान्यायाधिवक्ता कार्यालयले गरेको पुनरावेदनको पेशी शुक्रबार न्यायाधीश हरि फुयाँलको […]