ICCWCL2 : टस हारेर नेपाल ब्याटिंग गर्दै, करन बाहिर

नामिबियामा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दैछन्।

विन्ढोक स्थित युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर नामिबियाले नेपाललाई पहिले ब्याटिंगको निम्तो दिएको छ।

नेपालको अन्तिम एघार : रोहित पौडेल ( कप्तान ) , दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामि, अर्जुन साउद, गुल्सन झा, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, ललित राजवंशी

करन केसी, हरिशंकर शाह र नन्दन यादवलाई अन्तिम एघारबाट बाहिर राखिएको छ।

युएई विरुद्ध घरेलु सिरिजमा गुल्सनले राम्रो प्रदर्शन गर्दै ३ खेलमा ५ विकेट लिएका थिए भने ब्याटिंगमा २ खेलमा ५६ रन बनाएका थिए। सोहि सिरिजमा करनले २ खेलमा १ विकेट लिएका थिए।

लिग-२ अन्तर्गत अघिल्लो दुई खेलमा नामिबियाले नेपाललाई ४० रन र ६३ रनले पराजित गरेको थियो।

सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो।

लिग-२ अंकतालिकामा नामिबिया २७ खेलमा ३२ अंकको साथ चौंथो स्थानमा छ। नेपाल २० खेलमा ८ जितको साथ १७ अंक सहित छैठौं स्थानमा छ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]