वर्षाले खेल नतिजाविहिन हुँदा नेपाल र नामिबियाले बाँडे अंक ( अंकतालिका सहित )

आईसीसी विश्वकप लिग-२ अनार्गत नामिबियामा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्गत नेपाल र आयोजक नामिबिया बीचको खेल वर्षाले प्रभावित हुँदा नतिजाविहिन टुंगिएको छ।

विन्ढोकमा नेपालले दिएको १९८ रनको लक्ष्य पछ्याएको नामिबियाले दोश्रो इनिंग्समा ०.४ ओभर ब्याटिंग गर्दा विकेट नगुमाई ४ रन बनाएको थियो। सोहि अवस्थामा वर्षाले खेल अवरुद्ध भएपछि पुनः खेल सुचारु हुन सकेन। खेल नतिजाविहिन हुँदा दुवै टिमले १-१ अंक बाँडेका छन्।  स्कोरकार्ड हेर्नुस 

युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा टस हारेर ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ बनायो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेले । उनले ९४ बलमा ७ चौका र २ छक्का प्रहार गरे। आजको अर्धशतकसँगै ज्ञानेन्द्र नेपालबाट एकदिवसीयमा छ वटा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् । उनीपछि आसिफ शेख र रोहित पौडेलले पाँच-पाँच वटा अर्धशतक बनाएका छन् ।

ज्ञानेन्द्र बाहेक अन्य ब्याट्सम्यानले भने ठूलो स्कोर बनाउन सकेनन्। आरिफ शेखले २३ तथा आसिफ शेखले २० रन बनाए। अर्जुन साउद र गुल्सन झाले समान १८ रन, कुशल भुर्तेलले १३ तथा रोहित पौडेल र सोमपाल कामिले समान १० रन बनाए।

८४ रनमा ३ विकेट गुमाएको अवस्थामा ज्ञानेन्द्र र आरिफले ६७ रनको साझेदारी गरे। त्यस बाहेक खेलमा अन्य ठूलो साझेदारी हुन सकेन।

नामिबियाका बलर तांगेनि लुंगामेनिले सर्वाधिक ३ विकेट लिए। कार्ल बिर्केंन्स्टकले २ तथा जेजे स्मित, बर्नार्ड स्कल्ज र जेरार्ड इरास्मसले १/१ विकेट लिए।

सिरिज अन्तर्गत नेपालले आगामी खेल आइतबार ( डिसेम्बर ४ ) स्कटल्याण्डसंग खेल्नेछ। त्यसपछि डिसेम्बर ७ तारिखमा पुनः नामिबियासंग तथा डिसेम्बर ८ तारिखमा स्कटल्याण्डसंग खेल्ने तालिकाछ।

अंकतालिका 

१ अंक पाएपछि नेपालको २१ खेलमा १८ अंक पुगेको छ। २१ खेल खेल्दा नेपालको ८ जित, ११ हार, १ बराबरी र १ खेल नतिजाविहिन रहेको छ। नामिबिया अंकतालिकामा चौंथो स्थानमा छ जसले २८ खेलमा ३३ अंक बटुलेको छ।

 





थप समाचार

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]