खराब सुरुवात पछि भारत सम्हालीयो, शतक बनाउन चुके पुजारा

खराब सुरुवात पछि चेतेश्वर पुजारा र श्रेयस ऐयरको शतकीय साझेदारीले चटगाउँमा सुरु भएको पहिलो टेस्टमा भारत सम्हालिएको छ।

दुई टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा टस जितेर ब्याटिंग गरेको भ्रमण टोलि भारतले पहिलो दिनको समाप्तिमा ९० ओभर ब्याटिंग गर्दा ६ विकेट गुमाएर २७८ रन बनाएको छ।

खराब सुरुवात गरेको भारतले ४८ रन बनाउदा ३ विकेट गुमायो। ४१ रनको ओपनिंग साझेदारी गरेपछि २० रन बनाएका शुबमन गिललाई तैजुल इस्लामले क्याच आउट गरे। २२ रन बनाएर केएल राहुल खलिल एहमदबाट बोल्ड भए। लगत्तै ओभरमा १ रन बनाएका बिराट कोहलीलाई इस्लामले एलबिडब्लु पारे।

चौंथो विकेटको लागि चेतेश्वर पुजारा र रिशभ पन्तले ६४ रन जोडे। ४५ बलमा ६ चौका र २ छक्का मद्दतले ४६ रन बनाएका पन्तलाई मेहदी हसनले बोल्ड गरे। पाँचौ विकेटको लागि पुजारा र श्रेयस ऐयरले शतकीय साझेदारी गरे। १४९ रनको साझेदारीलाई तोड्ने क्रममा हसनले पुजारालाई बोल्ड गरे। १९ औं टेस्ट शतक बनाउन चुकेका पुजाराले २०३ बलमा ११ चौका मद्दतले ९० रन बनाए।

पुजाराको विकेटपछि अक्षर पटेल १४ रन बन्येर हसनबाट एलबि डब्लु भए। दिनको समाप्तिमा ऐयर ८२ रनमा अविजित छन्। ऐरले १६९ बलमा १० चौका प्रहार गरेका छन्।

बंगलादेशको बलिंगमा तैजुल इस्लामले ३ ( ३०-८-८४-३ ) , मेहदी हसनले २ ( १८-४-७१-२ ) र खलिद एहमदले १ विकेट ( १२-२-२६-१ ) लिएका छन्।

यस अघि सम्पन्न तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज घरेलु टिम बंगलादेशले २-१ ले जितेको थियो।





थप समाचार

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]