हङकङ विजयी

बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट सिरिज अन्तर्गत टी–२० फर्म्याटको पहिलो खेलमा पाहुना टोली हङकङ क्रिकेट क्लब विजयी भएको छ ।

मुलपानी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा हङकङले आयोजक बागमती प्रदेशलाई ५७ रनले हरायो ।

टस हारेपछि पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो । उसको लागि लेमों चुंगले ४० तथा बेट्टी चानले ३३ रन बनाए। बागमतीको बलिंगमा सोनी पाख्रिन र क्रिश्मा गुरुङले २/२ विकेट लिए।

जवाफमा बागमती प्रदेश निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ११ रनमा समेटियो। बिन्दा कटवाल र खुसि डंगोलले समान १८ रन, हेलिशा गुरुङले १७ रन बनाए।

यस जितसँगै पाहुना टोली हङकङले दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल बिहीबार हुनेछ । यसअघि दुई टोली बीचको ४० ओभरमा दुई खेलको सिरिज नेपालले २–० ले जितिसकेको छ ।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]