Nepal T20 : जोरा र वालटनको शतकीय साझेदारीमा जनकपुरको सानदार जित, पोखराको पाँचौ हार

चाडविक वालटन र सन्दीप जोरको शतकीय साझेदारीमा फारवेस्टर्न युनाइटेडलाई ८ विकेटले पराजित गर्दै जनकपुर रोयल्सले जारी नेपाल टी-२० लिगमा तेस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फारवेस्टले दिएको १७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्‍यो ।

जनकपुरलाई जित दिलाउन जोरा र वालटन्ले शतकीय साझेदारी गरे । ओपनर पवन सर्राफ १२ रन र कप्तान ट्रेभोन ग्रिफ्त ६ रनमा आउट भएपछि क्रिजमा आएका जोराले जनकपुरका लागि सर्वाधिक ७७ रनको इनिङ खेले । उनले ५४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । उनले वालटनसँग १५१ रनको साझेदारी गरे ।

वालटनले ४० बलमा २ चौका र ५ छक्कासहित अविजित ६९ रन जोडे । फारवेस्टका करण केसीले २ विकेट लिए ।

यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको फारवेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रनको योगफल तयार गरेको थियो ।

फारवेस्टका करण केसीले आक्रामक इनिङ खेले । उनी १६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४४ रनमा अविजित रहे ।

भिम सार्की ३० बलमा १ चौका र २ छक्कासहित ३६ रनमा अविजित रहे । ओपनर देव खनाल २२ रन र हसिम अन्सरि ११ रनमा आउट हुँदा कप्तान हर्समतुल्लाह शाहिदी १० रन र विनोद भण्डारीले १२ रन बनाएर पभेलियन फर्किएका थिए । हरिशंकर शाहले १३ रन योगदान गरे ।

जनकपुरको बलिङमा ललित राजवंशीले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए । सोमपाल कामी र जितेन्द्र मुखियाले समान एक विकेट लिए ।

पहिलो खेलमा लुम्बिनी अलस्टार्ससँग ६७ रनले पराजित भएको फारवेस्टले दोस्रो खेलमा काठमाडौँ नाइट्सलाई ४ विकेटले हराएको थियो । तेस्रो खेलमा लुम्बिनीसँगै सुपर ओभरमा पराजित भएको थियो ।

रोहितको अर्धशतकमा विराटनगरको दोस्रो जित

नेपाल टी-ट्वान्टी लिगमा विराटनगर सुपर किङ्सले दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३६ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ लमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

विराटनगरका लागि रोहित पौडेलले अर्धशतकीय पारी खेले । ५७ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ७१ रन बनाए । त्यस्तै गौरान्सु शर्माले ३३ तथा हुसेन तलतले अविजित २८ रन बनाए । पोखराका लागि अमिर हम्जा र जाहिर खानले समान एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

पोखराका लागि अमिर हम्जाले ३७ रन बनाउँदा सुमित महर्जनले २६ रन बनाएका थिए ।

कप्तान उपुल तरङ्गा २५ रन जोडे । विराटनगरका लागि कप्तान आन्द्रे म्याकार्थीले ३ विकेट लिए । त्यस्तै साहब आलम, राज नानन र नन्दन यादवले समान एक/एक विकेट लिए ।

जितसँगै विराटनगरले ४ खेलमा चार अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । पाँच खेल खेलेर अङ्क विहीन पोखरा तालिकाको पुछारमा रहेको छ ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]