कार दुर्घटनामा ऋषभ पंत गम्भीर घाइते

भारतीय क्रिकेट टिमका स्टार विकेटकिपर ब्याट्सम्यान ऋषभ पंतको कार दुर्घटना भएको छ जसमा उनि गम्बिर घाइते भएका छन्।

दुर्घटनामा पंतको कार समेत जलेर क्षेतीग्रस्त भएको छ। दुर्घटना पछि पंतको फोटो सार्वजनिक भएको छ जसमा गम्भीर चोटहरु देखिएको छ। उनि दिल्लीबाट आफ्नो घर रुडकि जाँदै थिए।

२५ वर्षीय पंतको कार डिभाइडरसंग ठोकिएको थियो जसपछि उनको कारमा आगलागी भयो। पंत आफै कारबाट निक्लेका थिए। अस्पतालमा रहेका पंतलाई डक्टरका अनुसार गम्भीर चोट लागेको छ र उनको प्लास्टिक सर्जरी गरिनेछ। हाल पन्तको अवस्था स्थिर रहेको बताईएको छ।

पंतको खुट्टा, ढाड र निधारमा गम्भीर चोट छ भने शरीरको अन्य भागहरुमा घाउ छन् जसको हाल जांच भइरहेको छ।

घुंडामा समस्याका कारण भारतले जनवरीमा खेल्ने श्रीलंका सिरिजमा पंतलाई टिममा राखिएको थिएन।

पंतले भारतको लागि ३३ टेस्ट, ३० एकदिवसीय र ६६ टि-२० खेलीसकेका छन् जसमा कुल ६ अन्तर्राष्ट्रिय शतक बनाएका छन्। उनि आईपीएलमा दिल्ली क्यापिटल्सको कप्तानी गर्ने गर्छन्।

( समाचार र फोटो श्रोत – आजतक )





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]