कार दुर्घटनामा ऋषभ पंत गम्भीर घाइते

२०७९ पुष १५, शुक्रबार ०९:५४

भारतीय क्रिकेट टिमका स्टार विकेटकिपर ब्याट्सम्यान ऋषभ पंतको कार दुर्घटना भएको छ जसमा उनि गम्बिर घाइते भएका छन्।

दुर्घटनामा पंतको कार समेत जलेर क्षेतीग्रस्त भएको छ। दुर्घटना पछि पंतको फोटो सार्वजनिक भएको छ जसमा गम्भीर चोटहरु देखिएको छ। उनि दिल्लीबाट आफ्नो घर रुडकि जाँदै थिए।

२५ वर्षीय पंतको कार डिभाइडरसंग ठोकिएको थियो जसपछि उनको कारमा आगलागी भयो। पंत आफै कारबाट निक्लेका थिए। अस्पतालमा रहेका पंतलाई डक्टरका अनुसार गम्भीर चोट लागेको छ र उनको प्लास्टिक सर्जरी गरिनेछ। हाल पन्तको अवस्था स्थिर रहेको बताईएको छ।

पंतको खुट्टा, ढाड र निधारमा गम्भीर चोट छ भने शरीरको अन्य भागहरुमा घाउ छन् जसको हाल जांच भइरहेको छ।

घुंडामा समस्याका कारण भारतले जनवरीमा खेल्ने श्रीलंका सिरिजमा पंतलाई टिममा राखिएको थिएन।

पंतले भारतको लागि ३३ टेस्ट, ३० एकदिवसीय र ६६ टि-२० खेलीसकेका छन् जसमा कुल ६ अन्तर्राष्ट्रिय शतक बनाएका छन्। उनि आईपीएलमा दिल्ली क्यापिटल्सको कप्तानी गर्ने गर्छन्।

( समाचार र फोटो श्रोत – आजतक )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy