Nepal T20 : दोश्रो क्वालिफायरमा विराटनगर र जनकपुर बीच प्रतिस्पर्धा

नेपाल टी-२० लिगको दोस्रो क्वालिफायरमा आज जनकपुर रोयल्स र विराटनगर सुपर किंग्स भिड्दैछ्न्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यो खेल मध्याह्न १२ बजे सुरु हुनेछ।

पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्ससँग ६ रनले हारेको जनकपुरका लागि फाइनल प्रवेशका लागि यो दोस्रो मौका हो। यता विराटनगर सुपर किंग्सले काठमाडौँ नाइट्सलाई ९९ रनले हराउँदै जनकपुरसँगको भेट पक्का गरेको हो।

यी दुईबीच यसअघि लिग चरणमा भेट हुँदा दुवै खेलमा जनकपुर विजयी भएको थियो। पहिलो खेलमा ४९ रनले विजयी भएको जनकपुरले दोस्रो खेलमा पाँच विकेटको रोमाञ्चक जित निकालेको थियो। आजको विजेताले भोलि हुने फाइनलमा लुम्बिनी अल स्टार्ससँग खेल्नेछ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]