Nepal T20 : दोश्रो क्वालिफायरमा विराटनगर र जनकपुर बीच प्रतिस्पर्धा

नेपाल टी-२० लिगको दोस्रो क्वालिफायरमा आज जनकपुर रोयल्स र विराटनगर सुपर किंग्स भिड्दैछ्न्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यो खेल मध्याह्न १२ बजे सुरु हुनेछ।

पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्ससँग ६ रनले हारेको जनकपुरका लागि फाइनल प्रवेशका लागि यो दोस्रो मौका हो। यता विराटनगर सुपर किंग्सले काठमाडौँ नाइट्सलाई ९९ रनले हराउँदै जनकपुरसँगको भेट पक्का गरेको हो।

यी दुईबीच यसअघि लिग चरणमा भेट हुँदा दुवै खेलमा जनकपुर विजयी भएको थियो। पहिलो खेलमा ४९ रनले विजयी भएको जनकपुरले दोस्रो खेलमा पाँच विकेटको रोमाञ्चक जित निकालेको थियो। आजको विजेताले भोलि हुने फाइनलमा लुम्बिनी अल स्टार्ससँग खेल्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy