श्रीलंका विरुद्ध कीर्तिमानी विशाल जितमा कोहलीको कीर्तिमान

श्रीलंका विरुद्ध घरेलु एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेश्रो खेलमा भारतले ३१७ रनको कीर्तिमानी जित दर्ता गरे सिरिज क्लिन स्विप गरेको छ।

आइतबार राति सम्पन्न खेलमा भारतले दिएको ३९१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २२ ओभरमा ७३ रनमै सबै विकेट गुमायो। भारतको लागि ब्याटिंगतर्फ बिराट कोहलीले अविजित १६६ रन तथा शुबमन गिलले ११६ रन योगदान दिए भने बलिंगमा मोहम्मद सिराजए ४ तथा मोहम्मद शामी र कुलदिप यादवले २/२ विकेट लिए।

इतिहासकै ठूलो रन अन्तरको जित 

३१७ रनको जित एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासकै विशाल रन अन्तरको जित हो। सन् २००८ मा न्युजिल्यान्डले आयरल्याण्डलाई २९० रनले पराजित गर्दै यो रेकर्ड आफ्नो नाम गरेको थियो। ३ सय भन्दा बढी रन अन्तरको जित एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक दर्ता भएको हो। यस अघि भारतको सबै भन्दा ठूलो रन अन्तरको जित बर्मुडा बिरुद्ध सन् २००७ विश्वकपको २५७ रनको जित थियो।

एकै देश विरुद्ध धेरै शतक 

खेलमा अविजित १६६ रन बनाएका भारतीय ब्याटर बिराट कोहलीले श्रीलंका विरुद्ध दशौँ शतक बनाएका हुन्। एकै देश विरुद्ध धेरै शतक बनाउने कीर्तिमान यस अघि कोहली र भारतकै सचिन तेन्दुलकरको नाममा थियो। कोहलीले वेस्टइन्डिज विरुद्ध तथा तेन्दुलकरले अस्ट्रेलिया विरुद्ध समान ९ शतक बनाएका थिए। कोहलीले श्रीलंका विरुद्ध ४९ इनिंग्स ब्याटिंग गर्ने क्रममा ६४.१७ औशतले २ हजार ५ सय ३ रन बनाएका छन्। कोहलीले अस्ट्रेलिया विरुद्ध ८ शतक बनाएका छन्।


एकै देशमा धेरै शतक

कोहलीले भारतमा १०१ इनिंग्समा ब्याटिंग गर्दै २१ शतक बनाएका छन् जुन एकै देशमा बनाईएको सबैभन्दा धेरै एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो। उनले भारतकै सचिन तेन्दुलकरको कीर्तिमान तोडेका हुन् जसले १६० इनिंग्समा २० शतक बनाएका थिए।

एकै प्रतिद्वन्द्वी विरुद्ध सबैभन्दा धेरै जित 

श्रीलंका विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा भारतले ९६ वटा जित दर्ता गरेको छ।  अस्ट्रेलियाले न्युजिल्यान्ड विरुद्ध ९५ एकदिवसीय अन्तर्राष्ट्रिय जित दर्ता गरेको छ जुन कीर्तिमान भारतले आफ्नो नाम गरेको छ। टि-२० अन्तर्राष्ट्रियमा समेत भारतले श्रीलंका विरुद्ध १९ जित दर्ता गरेको छ जुन टि-२० फर्म्याटमा एकै देश विरुद्ध सर्वाधिक जित हो।





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]