दीपेन्द्र स्वार स्मृति कपः बात्साल्या र लिटिल फ्लावर विजयी

२०७९ माघ ६, शुक्रबार १९:३९

धनगढीमा जारी दीपेन्द्र स्वार स्मृति (डीसीए) कप विद्यालय स्तरीय क्रिकेट प्रगतियोगितामा कञ्चनपुरको वात्साल्या विद्या निकेतन र लिटिल फ्लावर इङ्लिस स्कुल विजयी भएका छन्।

धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार बिहान भएको खेलमा बाल्साल्याले कैलाली विद्या निकेतनलाई ६ विकेटले हराएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कैलाली विद्या निकेतनले ५८ रन बनाएको थियो। उसका मुकेश शाहले १९, महेन्द्र विष्टले ८, निशान उपाध्यायले ९ रन जोडे। बात्साल्याका विक्रम चन्दले ४ तथा निरज सिंह कार्कीले ३ विकेट लिए।

यस्तै जवाफी ब्याटिङमा बात्साल्यले ६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटायो। उसका विक्रम चन्दले २६ र रोहन दियालले ७ रनको पारी खेले। अतिरिक्त मार्फत बात्साल्याले २० रन पायो। कैलालीका मुकेश साहले ३ किवेट लिए। दिउँसो भएको खेलमा लिटिल फ्लवार इङ्लिस स्कुलले त्रिनगर सेकेन्डरीलाई १० विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको त्रिनगरले ११ दशमलव ६ ओभरमा सबै विकेट गुमाएर ४७ रन बनाएको थियो। उसका प्रेम कुन्जेडाले १६ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

लिटिल फ्लावरका रोशन रावल र सुवोध तिवारीले समान ३/३ विकेट लिए। त्यसबाहेक सचिन भट्ट र आशिष साहुले २/२ विकेट हात पारे।

जवाफी ब्याटिङमा लिटिल फ्ल्वारले ३ दशमलव २ ओभरमा विना कुनै विकेटको क्षतिमा लक्ष्य भेटायो। उसका आरिष बोहले ३० तथा यशकुमार कठायतले ८ रन जोडे। खेलको म्यान अफ द म्याच लिटिल फ्ल्वारका रोशन रावल भए।

माघ १६ गतेसम्म सञ्चालन हुने क्रिकेट प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पुरस्कार पाउनेछ। प्लेयर अफ द टुर्नामेन्टले पाँच हजार नगदसहित डीसीएमा क्रिकेट सिक्न ४ महिनाको छात्रवृत्ति पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताएका छन्। वेस्ट बलर र बेस्ट ब्याटरले ३/३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउने उनलदे बताए।

डीसीएका पूर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो। उनको स्मृतिमा परिवारले हरेक वर्ष क्रिकेट प्रतियोगिता हुँदै आएको छ। प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैँक, नवजीवन अस्पताल तथा सौराई स्वायरलगायतले प्रायोजन गरेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy