क्यानका कार्यवाहक सचिव मल्लको राजीनामा, पाठकलाई जिम्मेवारी

नेपाल क्रिकेट सङ्घ (क्यान)ले कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई दिएको छ ।

पोखरामा भएको कार्यसमिति बैठकमा सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका थिए ।

उनको राजीनामापछि कार्यसमिति सदस्य पाठकलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकमा केन्द्रिय समितिका सदस्यहरूले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायत पाँच जनाको राजीनामा माग गरेका थिए ।

नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि केन्द्रिय कार्यसमितिका ७ जनाले लिखित रूपमै अध्यक्षसहितको राजीनामा माग गरेका हुन् ।

२०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा पनि थिए ।

मंगलबार बसेको बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिसकेको छ ।





थप समाचार

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

दिल्लीद्वारा मुम्बई पराजित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४३ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । घरेलु […]

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]

नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ […]

नेपालले टस जित्यो, अनिल खेल्दै

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहितकुमार […]

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले नेपालको सिनियर राष्ट्रिय टोलीसँग पाँच खेलको टी२० सिरिज आजबाट सुरु गर्दैछ […]