मिथिला कप : बिराट र मिकु चम्किंदा बजाज युथ सेमीफाइनलमा 

फुलबारी क्रिकेट क्लब सुनसरीलाई पराजित गर्दै बजाज युथ एकेडेमी, सप्तरी चौंथो संस्करणको मिथिला कप टि-२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। यस अघि कलैया क्रिकेट क्लब सेमीफाइनल प्रवेश गरिसकेको छ।

राजविराज बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा शुक्रबार सम्पन्न दोश्रो क्वार्टरफाइनलमा बजाज युथले दिएको १३० रनको लक्ष्य पछ्याएको फुलबारी क्लबले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १२१ रन मात्र बनायो।

फुलबारीको लागि राकेश सोनीले सर्वाधिक २७, रबिन मण्डलले २२ तथा समिर तिम्सिनाले अविजित २० रन बनाए।

बजाज युथका बलर मिकु मण्डलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २५ रन खर्चिए। नितेश यादवले २ तथा मोहम्मद हुसेन र बिपिन खत्रीले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको बजाज युथ एकेडेमी सप्तरीले २० ओभर ब्याटिंग गर्दै ७ विकेट क्षेतीमा १२९ रन बनायो।

बजाज युथको लागि प्लेयर अफ द म्याच घोषित बिराट डाँगीले सर्वाधिक ४१ रन योगदान दिने क्रममा ३३ बलमा १ चौका र ३ छक्का प्रहार गरे। पपु यादवले २७ बलमा ३ छक्का मद्दतले अविजित २७ रन बनाए। ५४ रनमा ६ विकेट गुमेको अवस्थामा डाँगी र यादवले सातौँ विकेटको लागि ६१ रनको साझेदारी गरे। त्यस अघि ओपनर विशाल यादवले २९ रन बनाएका थिए।

फुलबारी क्लबको बलिंगमा सोनु मण्डल, समिर तिम्सिना, शिभान यादव, आशिष मण्डल र प्रकाश कार्कीले समान १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शनिवार हुने एक मात्र खेलमा एसके स्पोर्ट्स सप्तरी र जेवाईसी सर्लाही बीच प्रतिस्पर्धा हुनेछ।

युवा शक्ति क्लबद्वारा आयोजित नक-आउट प्रतियोगितामा १६ टोलि सहभागी छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]