एलपीएल : लोटस आई र नव बाल बाटिका विजयी 

२०७९ माघ २८, शनिबार १६:५१

कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत आठौँ दिन सम्पन्न दुई खेलमा लोटस आई स्कुल अत्तरिया र नव बाल बाटिका स्कुल बौनिया विजयी भएका छन्।

दिनको पहिलो खेलमा लोटस आई स्कुल अत्तरियाले भुवनेश्वरी विद्या मन्दिर महेन्द्रनगरलाई ६ विकेटले पराजित गर्यो। भुवनेश्वरीले दिएको ६४ रनको लक्ष्य लोटस आईले १०.३ ओभर ४ विकेट क्षेतीमा भेटायो।

लोटस आईको लागि योगेन्द्र भाटले सर्वाधिक १८, आयुब चन्दले १२ तथा प्रेम शाहले १० रन बनाए। भुवनेश्वरीका बलर कैलाश ऐरले २ तथा बिपिन धामीले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको भुवनेश्वरीले १२.५ ओभरमा ६३ रन बनाउदा सबै विकेट गुमायो।

भुवनेश्वरीको लागि खगेन्द्र ठगुन्नाले २७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लोटस आईका बलर सन्तोष बिजले एक्लैले ५ विकेट लिए। प्लेयर अफ द म्याच समेत घोषित उनले ३.५ ओभरमा मात्र ८ रन खर्चिए। विरेन्द्र नाथ र हिक्मत महराले २/२ विकेट लिए।

Bir Bahadur Gharti Magar

दिनको दोश्रो खेलमा नव बाल बाटिका स्कुलले लिटल फ्लावर स्कुललाई ९ विकेटले पराजित गर्यो। लिटल फ्लावरले दिएको ९० रनको लक्ष्य नव बाल बाटिकाले १४.४ ओभरमा १ विकेट गुमाएर भेटायो।

नव बाल बाटिकाको ब्याटिंगमा नर बहादुर शार्कीले अविजित ४० तथा बिराट सिंह भण्डारीले अविजित ३२ रन बनाए। दोश्रो विकेटको लागि नर र बिराटले ८४ रनको साझेदारी गरे।

यस अघि टस जितेर ब्याटिंग गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८९ रन बनायो। उसको लागि नरेन भट्टले सर्वाधिक ३० रन तथा बिपिन रावलले १९ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नव बाल बाटिकाका बलर बिर बहादुर घर्ति मगरले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १७ रन खर्चिए। नर बहादुर सार्कीले २ तथा प्रकाश जैसी र गजेन्द्र बोहराले १/१ विकेट लिए।

बिर बहादुर घर्ति खेलको प्लेयर अफ द म्याच घोषित भए।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy