आइसिसी लिग-२ : कुशलको शतक र करनले ५ विकेट लिंदा नेपालको कीर्तिमानी जित

ओपनर ब्याट्सम्यान कुशल भुर्तेल चम्किएपछि आइसिसी एकदिवसीय विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हरायो । नामिबियाले दिएको दुई सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालले एकदिवसीय क्रिकेटमा पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो ।

नेपालले नामिबियालाई हराएको पनि यो पहिलो पटक हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक एक सय १५ रन बनाए । कुशलले एक सय १३ बलमा १० चौका र चार छक्काको सहयोगमा उक्त रन बनाए। कप्तान रोहित पौडेलले ७२, सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण केसीले २० रन बनाए ।

बलिङमा नामिबियाका रुवेन ट्रम्पलम्यान र जान निकोलले तीत तीन विकेट लिए । टांगेनी लुङ्गामेनी र बेर्नाड स्कल्र्टले एक एक विकेट लिए ।

Karan KC
Karan KC

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय ८५ रन बनाएको थियो ।

नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले शतकीय पारी खेले । उनले एक सय ३३ रन बनाए । कप्तान गेर्हार्ड इरास्मसलाई ५६, जेन ग्रिनले ३४, कार्ल ब्रिकेनस्टकले १३, जान फ्रिलिंकले १३ र रुवेल ट्रुम्पेलम्यानले ११ रन बनाए ।

बलिङमा नेपालका करण केसीले पाँच विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ६१ रन खर्चिए । सन्दीप लामिछानेले तीन तथा कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिए । नामिबियासँगको यस खेलमा पूर्व कप्तान सन्दीपले पाँच महिलापछि टोलीमा पुनरागमन गरेका हुन् ।

आफ्नो पहिलो ओेभरमै नामिबियाको विकेट झारेपछि सन्दीप मैदानमै भावुक बनेका थिए । उनलाई टोलीका सदस्यले सान्त्वना दिँदै थप विकेटका लागि हौसला बढाएका थिए । जितसँगै सिरिजमा २५ खेल सकेको नेपाल २० अङ्क जोड्दै छैटौँ स्थानमा छ। ३१ खेलबाट ३७ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ ।

तीन टोली सहभागी सिरिजको दोस्रो खेलमा नेपालले फागुन ५ गते स्कटल्यान्ड, फागुन ६ गते नामिविया र ९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । स्कटल्यान्ड अहिले ३२ खेलबाट ४६ अङ्क जोड्दै शीर्षस्थानमा छ ।

भुर्तेलको पहिलो सतक

नामिबियाविरुद्धके खेलमा नेपालका ओपनर कुशल भुर्तेललले सतक पूरा गरेका छन् । कुशलले एक सय १३ बलमा १० चौका र चार छक्काको सहयोगमा एक सय १५ रन बनाए । उनको यो एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो सतक हो ।

टी–२० र एकदिवसीय अन्तर्राष्ट्रियमा सतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी पनि बनेका छन्। यसअघि पूर्व कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरीले दुबै फर्म्याटमा सतक प्रहार गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा सतक बनाउने भुर्तेल पहिलो ओपनर पनि बनेका छन्।

रोहितको एकदिवसीयमा हजार रन पूरा

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खलाडी बनेका छन् । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियाविरुद्ध ५५ रन बनाएपछि रोहित एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । रोहितले नामिबियाविरुद्ध ७२ रन बनाए ।

रोहितले ३३ एकदिवसीय खेलमा खेलमा एक हजार रन पूरा गरेका हुन् । रोहितपछि ज्ञानेन्द्र मल्लले एकदिवसीयमा सात सय ३४ र आसिफ शेखले ६ सय ५५ रन बनाएका छन्।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]