ECA T20 : सुमन चम्किँदा बिएम ब्लास्टरको जीत

प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा बिएम ब्लास्टरले नेप्लीज क्यानेडियन क्रिकेट क्लब माथि ३४ रनको फराकिलो जित दर्ता गरेको छ।

टीकौली खेल मैदानमा टस जितेर नेप्लीज क्यानेडियन क्रिकेट क्लबले बिएम ब्लास्टरलाई ब्याटिङको निम्तो दिएको थियो। बिएमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १८१ रन जोडेको थियो। बिएमले सुरुवाती ६ ओभरमा दुवै ओपनर गुमाउदै ५५ रन जोडेको थियो। बिएमका ओपनर सनम बुढाथोकीले १८ बलमा ७ चौकाको मद्दतले ३३ रन प्रहार गरेका थिए। साथै कप्तान सुमन सुनवरले १८ बलमा १ चौका र ५ छक्काको मद्दतमा ४१ रनको आक्रामक पारी खेलेका थिए। साथै मिडल अडरको ब्याटर दानिश इकबालले २५ बलमा ४० रन प्रहार गर्दै टोलीलाई बिशाल लक्ष्य तिर अग्रसर गरेका थिए।

नेप्लीज क्यानेडियन क्रिकेट क्लबका कप्तान गौतम केसीले ४ ओभर १ मेडन राख्दै ३० रन खर्चिएर २ विकेट लिए। साथै संस्कार देवकोटा र रविन्द्र तिमल्सिना सम्मान २/२ विकेट लिए।

१८२ रनको बिशाल लक्ष्य लिएर ब्याटिङका लागि आएको नेप्लीज क्यानेडियन क्रिकेट क्लबले सुरुवाती ६ ओभरमै ४३ रनमा ३ विकेट गुमाएको थियो। साथै १० ओभरमा ४ विकेट गुमाउदै ७३ रन जोडेका थियो । टोलीका लागि बिशाल पौडेलले ३७ बलमा ४० रन प्रहार गरे पनि जितको लागि प्राप्त भएन। नेप्लीज क्यानेडियन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १४७ रन जोड्यो।

बिएम ब्लास्टरका चन्द्रकान्त पौडेलले ३ विकेट लिए भने बिशाल खत्रले २ विकेट लिए। खेलको म्यान अफ द म्याच बिएम ब्लास्टरका कप्तान सुमन सुनवार भए।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]