ECA T20 : सुमन चम्किँदा बिएम ब्लास्टरको जीत

प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा बिएम ब्लास्टरले नेप्लीज क्यानेडियन क्रिकेट क्लब माथि ३४ रनको फराकिलो जित दर्ता गरेको छ।

टीकौली खेल मैदानमा टस जितेर नेप्लीज क्यानेडियन क्रिकेट क्लबले बिएम ब्लास्टरलाई ब्याटिङको निम्तो दिएको थियो। बिएमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १८१ रन जोडेको थियो। बिएमले सुरुवाती ६ ओभरमा दुवै ओपनर गुमाउदै ५५ रन जोडेको थियो। बिएमका ओपनर सनम बुढाथोकीले १८ बलमा ७ चौकाको मद्दतले ३३ रन प्रहार गरेका थिए। साथै कप्तान सुमन सुनवरले १८ बलमा १ चौका र ५ छक्काको मद्दतमा ४१ रनको आक्रामक पारी खेलेका थिए। साथै मिडल अडरको ब्याटर दानिश इकबालले २५ बलमा ४० रन प्रहार गर्दै टोलीलाई बिशाल लक्ष्य तिर अग्रसर गरेका थिए।

नेप्लीज क्यानेडियन क्रिकेट क्लबका कप्तान गौतम केसीले ४ ओभर १ मेडन राख्दै ३० रन खर्चिएर २ विकेट लिए। साथै संस्कार देवकोटा र रविन्द्र तिमल्सिना सम्मान २/२ विकेट लिए।

१८२ रनको बिशाल लक्ष्य लिएर ब्याटिङका लागि आएको नेप्लीज क्यानेडियन क्रिकेट क्लबले सुरुवाती ६ ओभरमै ४३ रनमा ३ विकेट गुमाएको थियो। साथै १० ओभरमा ४ विकेट गुमाउदै ७३ रन जोडेका थियो । टोलीका लागि बिशाल पौडेलले ३७ बलमा ४० रन प्रहार गरे पनि जितको लागि प्राप्त भएन। नेप्लीज क्यानेडियन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १४७ रन जोड्यो।

बिएम ब्लास्टरका चन्द्रकान्त पौडेलले ३ विकेट लिए भने बिशाल खत्रले २ विकेट लिए। खेलको म्यान अफ द म्याच बिएम ब्लास्टरका कप्तान सुमन सुनवार भए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy