विश्वकप लिग–२ : नेपाल युएईसँग पराजित

कमजोर ब्याटिङ गरेपछि नेपाल संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा आयोजक युएईसँग पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भयो । जितका लागि दुई सय आठ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रन बनाए। सन्दीप लामिछानेले अविजित २६ रन बनाए। ओपनर आशिफ शेखले १७ रन जोडे । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा युएईका रोहन मुस्तफा र कार्तिक मियाप्पनले तीन तीन विकेट लिए । जुनिद सिद्धिक्वीले दुई तथा सविर अली र जाहोर खानले र एक एक विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय सात रन बनाएको थियो ।

युएईका लागि ओपनर आसिफ खानले ७२ रन बनाए । रोहन मुस्ताफले अविजित ५२, आर्यन लाक्राले २८, कप्तान सिपी रिजवानले २२ र वृत्य अरविन्द १८ रन बनाए।

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । करण केसी, कुशल मल्ल र आरिफ शेखले एक एक विकेट लिए। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई चार विकेटले हराएको थियो ।

हारसँगै ३० खेलबाट २८ अंक बनाएको नेपाल छैटौं स्थानमा छ । विजेता युएई ३० खेलबाट ३१ अङ्क जोड्दै पाँचौं स्थानमा छ । ३० खेलबाट सात अङ्क बनाएको पीएनजी अन्तिममा छ । नेपालले अब तेस्रो खेल शुक्रबार पीएनजी र अन्तिम खेल २२ गते पुन: युएईसँग खेल्नेछ ।

सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । युएईसँगको हारले नेपालको विश्वकप छनोट कठिन बनेको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]