विश्वकप लिग–२ : नेपाल युएईसँग पराजित

कमजोर ब्याटिङ गरेपछि नेपाल संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा आयोजक युएईसँग पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भयो । जितका लागि दुई सय आठ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रन बनाए। सन्दीप लामिछानेले अविजित २६ रन बनाए। ओपनर आशिफ शेखले १७ रन जोडे । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा युएईका रोहन मुस्तफा र कार्तिक मियाप्पनले तीन तीन विकेट लिए । जुनिद सिद्धिक्वीले दुई तथा सविर अली र जाहोर खानले र एक एक विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय सात रन बनाएको थियो ।

युएईका लागि ओपनर आसिफ खानले ७२ रन बनाए । रोहन मुस्ताफले अविजित ५२, आर्यन लाक्राले २८, कप्तान सिपी रिजवानले २२ र वृत्य अरविन्द १८ रन बनाए।

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । करण केसी, कुशल मल्ल र आरिफ शेखले एक एक विकेट लिए। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई चार विकेटले हराएको थियो ।

हारसँगै ३० खेलबाट २८ अंक बनाएको नेपाल छैटौं स्थानमा छ । विजेता युएई ३० खेलबाट ३१ अङ्क जोड्दै पाँचौं स्थानमा छ । ३० खेलबाट सात अङ्क बनाएको पीएनजी अन्तिममा छ । नेपालले अब तेस्रो खेल शुक्रबार पीएनजी र अन्तिम खेल २२ गते पुन: युएईसँग खेल्नेछ ।

सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । युएईसँगको हारले नेपालको विश्वकप छनोट कठिन बनेको छ ।





थप समाचार

पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता आजबाट सुरु

काठमाडौं । पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण काठमाण्डौको मुलपानीमा सुरु भएको छ । शनिबार एक कार्यक्रममका बिच पाँचपोखरी […]

नेदरल्यान्ड्सविरुद्ध नेपाल : सम्भावित प्लेईङ-११, एक परिवर्तनको सम्भावना

काठमाडौं । २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने ओडिआई विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतको […]

नेदरल्यान्ड्समाथि नामिबियाको ऐतिहासिक जित

काठमाडौं । नामिबियाले नेदरल्यान्ड्समाथि ऐतिहासिक जित निकालेको छ । विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई आफ्नो ओडिआई ईतिहासमा […]

नेदरल्यान्ड्सलाई २०४ रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाइ नामिबियाले जितका लागि २ सय ४ रनको लक्ष्य दिएको छ […]

नेदरल्यान्ड्सले टस जित्यो

काठमाडौं । विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध नेदरल्यान्ड्सले टस जितेको छ । सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सका कप्तान […]

नेपाल ए विरुद्धको सिरिज क्यानडालाई

काठमाडौं । क्यानडा-११ ले नेपाल ए विरुद्धको तीन खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ । मुलपानी क्रिकेट मैदानमा भएको […]