क्यानले विश्वकपमा छनोट भएको युवा टिमलाई जनही एक लाख रुपैयाँ दिने

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी यू-१९ विश्वकपमा छनोट भएको टिमलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

नेपाली युवा टिमले बिहीबार आयोजक युनाइटेड अरब इमिरेट्स (युएई)माथि सात रनको विजय हासिल गर्दै श्रीलङ्कामा हुने २०२४ को आइसिसी यू-१९ विश्वकपमा स्थान पक्का गरेको थियो । नेपाल आठौँ पटक यू-१९ विश्वकपमा छनोट भएको हो । नेपालले यसअघि २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा गरी सातपटक आइसिसी यू-१९ विश्वकप खेलिसकेको छ ।

‘‘सङ्घले नेपाली युवा टिमले हासिल गरेको सफलताको कदर गर्दै जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ,’’ क्यानले भनेको छ, ‘‘हाम्रा युवा खेलाडीहरूको उपलब्धिलाई मान्यता दिई आवश्यक सहयोग प्रदान गरी उनीहरूको मनोबल बढाउन नेपाल सरकारलाई पनि आग्रह गर्दछौँ । हाम्रो युवा प्रतिभालाई समर्थन र प्रोत्साहन गर्न जारी राखौँ किनकि उनीहरूले विश्व मञ्चमा हाम्रो देशको प्रतिनिधित्व गर्छन् ।’’

युएईको अजमानस्थित इडेन गार्डेनमाकप्तान देव खनालले ५१ रन बनाएपछि टस हारेर ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको थियो । दीपेश कँडेलले ह्याट्रिकसहित पाँच विकेट लिएपछि १९२ रनको लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]