क्यानले विश्वकपमा छनोट भएको युवा टिमलाई जनही एक लाख रुपैयाँ दिने

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी यू-१९ विश्वकपमा छनोट भएको टिमलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

नेपाली युवा टिमले बिहीबार आयोजक युनाइटेड अरब इमिरेट्स (युएई)माथि सात रनको विजय हासिल गर्दै श्रीलङ्कामा हुने २०२४ को आइसिसी यू-१९ विश्वकपमा स्थान पक्का गरेको थियो । नेपाल आठौँ पटक यू-१९ विश्वकपमा छनोट भएको हो । नेपालले यसअघि २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा गरी सातपटक आइसिसी यू-१९ विश्वकप खेलिसकेको छ ।

‘‘सङ्घले नेपाली युवा टिमले हासिल गरेको सफलताको कदर गर्दै जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ,’’ क्यानले भनेको छ, ‘‘हाम्रा युवा खेलाडीहरूको उपलब्धिलाई मान्यता दिई आवश्यक सहयोग प्रदान गरी उनीहरूको मनोबल बढाउन नेपाल सरकारलाई पनि आग्रह गर्दछौँ । हाम्रो युवा प्रतिभालाई समर्थन र प्रोत्साहन गर्न जारी राखौँ किनकि उनीहरूले विश्व मञ्चमा हाम्रो देशको प्रतिनिधित्व गर्छन् ।’’

युएईको अजमानस्थित इडेन गार्डेनमाकप्तान देव खनालले ५१ रन बनाएपछि टस हारेर ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको थियो । दीपेश कँडेलले ह्याट्रिकसहित पाँच विकेट लिएपछि १९२ रनको लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।





थप समाचार

गुजरात सामू चलेन पञ्जाबको ब्याटिङ, १४२ रनमा अल आउट

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३७ औं खेलमा गुजरात टाईटन्स सामु पञ्जाब किंग्स १ सय ४२ रनमा […]

ओमानलाई पराजित गरि युएई एसिया कपमा

काठमाडौं । कप्तान मोहम्मद वासिमको शतकको सहयोगमा ओमानलाई पराजित गर्दै युएईले २०२५ को एसीया कपमा स्थान बनाएको छ । घरेलु […]

बेंगलुरुको लगातार छैटौं हार, कोलकाता दोस्रो स्थानमा उक्लियो

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)को ३६ औं खेलमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ […]

पलको अर्धशतकमा सुदुरको रोमान्चक जित

काठमाडौं । काठमाडौंमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत आइतवार भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले रोमाञ्चक जित हात […]

एसीसी प्रिमियर कप : उपाधीका लागि ओमान र युएई खेल्दै

काठमाडौं । ओमनमा जारी दोस्रो संस्करणको एसीसी प्रिमियर कपको उपाधिका लागि घरेलु टोली र युएई आज भिड्दै छन् । खेल […]

मल्ल वल्र्ड मास्टर्स लिगको सल्लाहकारमा नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)का पुर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल आगामी जुलाइमा आयोजना हुने वल्र्ड मास्टर्स टी-२० लिगको सल्लाहकारमा […]