क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ । १ सय ६४ रनको चुनौती पूर्ण लक्ष्य पाएको द रोयल खुकुरी क्लब १५ दशमलव २ ओभरमा ९५ रनमै समेटियो । उसलाई सस्तैमा समेट्न तराई टाइगरका विकेशले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १३ रन दिएर महत्त्वपूर्ण ४ विकेट लिए । द रोयल खुकुरीका प्रज्वलले ३० र असीमले १९ रन बनाए ।

त्यस अघि ब्याटिङ थालेको तराई टाइगरका मदन लामाले ४४ र मायानन्दले टिमलाई ३४ रनको योगदान दिएपछि द रोयल खुकुरी सामु बलियो लक्ष्य प्रस्तुत गर्न पुगेका थिए । रोयल खुकुरीका पीयूष ३ विकेट लिन सफल भए । ४४ रन र बलिङ तर्फ १ विकेट समेत लिएका मदन लामा खेलको प्लेयर अफ दी म्याच चुनिए ।

अर्को खेलमा लुम्बिनी क्रिकेट क्लबका बलर चम्किए पछि एइ ग्लोब क्रिकेट क्लब ३६ रनले पराजित भयो । १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको एइ ग्लोब क्रिकेट क्लब १० ओभरमै अल आउट हुन पुग्यो । उसलाई सस्तैमा समेट्न ४/४ ओभर बलिङ गरेका लुम्बिनीका हेमन्तले ११ रन दिएर ३ र विकासले १६ रन दिएर ३ विकेट तथा सीमान्तले २ विकेट लिए । एइ ग्लोबलका सफ्रोजले ३२ रन बनाए ।

त्यस अघि पहिलो पारीमा साहीलको ३८ र सञ्जयको ३० तथा सरोजको २१ रनको मद्दतले २० ओभरमा लुम्बिनी १ सय ३७ रन जोड्न सफल भयो । बलिङ तर्फ एइका विजय, भुवन र विवेकले समान २/२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच हेमन्त आचार्य घोषित भए ।

शुक्रबार भएको अर्को खेलमा द कङ्गारु क्रिकेट क्लबले सिम्रिक ब्याइजलाई सुपर ओभरमा पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको सिम्रिकले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १७ बन बनाएको थियो । १ सय १८ रनको लक्ष्य पछ्याएको कङ्गारु पनि २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रनमै रोकिन पुग्यो । उसका शैलेस हमालले ५४ बलमा ६८ रनको उत्कृष्ट पारी खेले । बलिङ तर्फ सिम्रिकका आकाशले ३ र किरणले २ विकेट लिए ।

त्यस अघि ब्याटिङ गरेको सिम्रिकले किरणको ३३, आकाशको १९ र निश्चलको ११ रनको मद्दतले १ सय १७ रन बनाएको थियो । खेलको प्लेयर अफ दी म्याच कङ्गारुका शैलेस हमाल चुनिए ।

सोही दिन भएको अर्को खेलमा साहील र निश्चलको उत्कृष्ट ब्याटिङको मद्दतले हाम्रो यूथ क्रिकेट क्लबले विशाल जित निकाल्यो । साहिलले ९७ र निश्चलले ६५ रनको सानदार पारी खेलेपछि बाउन्ड्री लाइन क्रिकेट क्लब १ सय १४ रनले पराजित भयो ।

पहिले ब्याटिङ थालेको हाम्रो यूथले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १४ रन बनायो । २ सय १५ रनको विशाल लक्ष्य पछ्याएको बाउन्ड्री लाइन १६ दशमलव २ ओभरमा १० विकेट गुमाएर १ सय रनमा समेटियो । उसका राजुले २७ र ग्यानुले २५ रन बनाए । बलिङ तर्फ हाम्रो यूथका एडमले ४, रेजिओनले ३ र साहीलले २ विकेट लिए ।

त्यस अघि हाम्रो यूथलाई विशाल योगफल तयार पार्न साहिल थापाले ४८ बलमा ९७ रनको सानदार पारी खेले । उसका निश्चलले ३१ बलमा ६५ रन बनाए । बलिङ तर्फ बाउन्ड्री लाइनका विशाल र विवेकले समान ३/३ विकेट लिन सफल भए । खेलको प्लेयर अफ दी म्याच शतकबाट चुकेका साहील थापा भए ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]