विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

२०८० जेष्ठ २०, शनिबार ११:२०

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल र जिम्बाब्वेमा हुने विश्वकप छनोटमा पठाउने तयारी गरिएको हो ।

सन्दीपका कानुन व्यवसायीहरूले अदालतमा अन्तर्राष्ट्रिय खेल अवधिभरका लागि सुनुवाइ स्थगित गरेर सन्दीपलाई खेल्न पठाउने तयारी गरेका हुन्।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले निरन्तर मुद्दाको सुनुवाइ प्रक्रिया ढिला भएकाले सुनुवाइ कुर्दा राष्ट्रिय टिममा सन्दीपको अभाव हुने र समग्र राष्ट्रको नै विश्वकप खेल्ने सपनामा नै असर पर्न सक्ने भएकाले सन्दीपलाई दक्षिण अफ्रिका र जिम्बाब्वेको भ्रमणमा पठाउने तयारी गरिएको बताए।

उनले त्यतिन्जेलसम्म अदालतले पीडितको मागबमोजिम पीडित राहत कोषबाट क्षतिपूर्तिको विषयमा निर्णय लिने विश्वास पनि व्यक्त गरे।

सन्दीपसँग मागेको क्षतिपूर्तिको विषय जिल्ला अदालतले इन्कार गरेको तर सर्वोच्च अदालतको आदेशअनुसार पीडितहरूले क्षतिपूर्तिको माग गरेकाले अदालतले पीडितसँग आवश्यक कागजात माग गरेको थियो। अब पीडितले क्षतिपूर्तिको प्रक्रिया पूरा गरेपछि मात्र अन्तिम सुनवाइ हुने जिल्ला अदालतको आदेशअनुसार पीडितले चाँडो प्रतिवेदन नबुझाउँदा अन्तिम सुनुवाइको सम्भावना तत्काल नदेखिएको भन्दै सन्दीपलाई राष्ट्रिय टिमको अभ्यासका लागि पठाउन लागिएको हो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy