विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल र जिम्बाब्वेमा हुने विश्वकप छनोटमा पठाउने तयारी गरिएको हो ।

सन्दीपका कानुन व्यवसायीहरूले अदालतमा अन्तर्राष्ट्रिय खेल अवधिभरका लागि सुनुवाइ स्थगित गरेर सन्दीपलाई खेल्न पठाउने तयारी गरेका हुन्।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले निरन्तर मुद्दाको सुनुवाइ प्रक्रिया ढिला भएकाले सुनुवाइ कुर्दा राष्ट्रिय टिममा सन्दीपको अभाव हुने र समग्र राष्ट्रको नै विश्वकप खेल्ने सपनामा नै असर पर्न सक्ने भएकाले सन्दीपलाई दक्षिण अफ्रिका र जिम्बाब्वेको भ्रमणमा पठाउने तयारी गरिएको बताए।

उनले त्यतिन्जेलसम्म अदालतले पीडितको मागबमोजिम पीडित राहत कोषबाट क्षतिपूर्तिको विषयमा निर्णय लिने विश्वास पनि व्यक्त गरे।

सन्दीपसँग मागेको क्षतिपूर्तिको विषय जिल्ला अदालतले इन्कार गरेको तर सर्वोच्च अदालतको आदेशअनुसार पीडितहरूले क्षतिपूर्तिको माग गरेकाले अदालतले पीडितसँग आवश्यक कागजात माग गरेको थियो। अब पीडितले क्षतिपूर्तिको प्रक्रिया पूरा गरेपछि मात्र अन्तिम सुनवाइ हुने जिल्ला अदालतको आदेशअनुसार पीडितले चाँडो प्रतिवेदन नबुझाउँदा अन्तिम सुनुवाइको सम्भावना तत्काल नदेखिएको भन्दै सन्दीपलाई राष्ट्रिय टिमको अभ्यासका लागि पठाउन लागिएको हो।





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]