विश्वकप छनोट : सन्दिप लयमा फर्किंदा युएई १८१ रनमै सिमित

Sandeep lamichhane

जिम्बाब्वेमा जारि आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गत सातौं स्थानको लागि प्ले-अफ सेमीफाइनल खेलमा नेपाल युएईसंग प्रतिस्पर्धा गरिरहेको छ। यस खेलको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोलीले भने नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

हरारे स्थित टाकासिंगा स्पोर्टस् क्लबमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको युएईले ४६.५ ओभरमा १८१ रनमा सबै विकेट गुमाएर नेपाललाई १८२ रनको लक्ष्य दिएको छ।

युएईको लागि कप्तान भृत्य अरविन्दले सर्वाधिक ४४ रन योगदान दिए। रोहन मुस्तफाले ३५, बसिल हमिदले २९ तथा आयांश शर्माले २८ रन योगदान दिए।

नेपालको बलिंगमा सन्दिप लामिछाने र करन केसीले ३/३ विकेट लिए। सन्दिपले १० ओभरमा ३ मेडन ओभर गर्दा करनले ८.५ ओभरमा ३६ रन खर्चिए। प्रतिश जिसी, गुल्सन झा र दिपेन्द्र ऐरीले १/१ विकेट लिए।

प्रतियोगिताको समुह चरणमा नेपाल समुह ‘ए’ को चौंथो स्थानमा रहंदा युएई समुह ‘बि’ को पाँचौ स्थानमा रहेको थियो। नेपालले ४ खेलमा १ जित र ३ हार बेहोर्दा युएई सबै ४ खेलमा पराजित भएको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]