विश्वकप छनोट : सन्दिप लयमा फर्किंदा युएई १८१ रनमै सिमित

जिम्बाब्वेमा जारि आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गत सातौं स्थानको लागि प्ले-अफ सेमीफाइनल खेलमा नेपाल युएईसंग प्रतिस्पर्धा गरिरहेको छ। यस खेलको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोलीले भने नवौं स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

हरारे स्थित टाकासिंगा स्पोर्टस् क्लबमा जारि खेलमा टस हारेर ब्याटिंग गरेको युएईले ४६.५ ओभरमा १८१ रनमा सबै विकेट गुमाएर नेपाललाई १८२ रनको लक्ष्य दिएको छ।

युएईको लागि कप्तान भृत्य अरविन्दले सर्वाधिक ४४ रन योगदान दिए। रोहन मुस्तफाले ३५, बसिल हमिदले २९ तथा आयांश शर्माले २८ रन योगदान दिए।

नेपालको बलिंगमा सन्दिप लामिछाने र करन केसीले ३/३ विकेट लिए। सन्दिपले १० ओभरमा ३ मेडन ओभर गर्दा करनले ८.५ ओभरमा ३६ रन खर्चिए। प्रतिश जिसी, गुल्सन झा र दिपेन्द्र ऐरीले १/१ विकेट लिए।

प्रतियोगिताको समुह चरणमा नेपाल समुह ‘ए’ को चौंथो स्थानमा रहंदा युएई समुह ‘बि’ को पाँचौ स्थानमा रहेको थियो। नेपालले ४ खेलमा १ जित र ३ हार बेहोर्दा युएई सबै ४ खेलमा पराजित भएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy