ग्लोबल टि-२० क्यानडामा दिपेन्द्रको शानदार अलराउण्ड प्रदर्शन

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिगमा शानदार अलराउण्ड प्रदर्शन गरेका छन्।

बुधबार बिहान सम्पन्न खेलमा ऐरीले मोन्टरियल टाइगर्सलाई जिताउन बलिंग, ब्याटिंग र फिल्डिंगमा समेत आफुलाई उत्कृस्ट सावित गरे।

बलिंगतर्फ १ विकेट लिएका दायाँ हाते अफ स्पिनरले ३ ओभरमा १६ रन खर्चिए भने एउटा उत्कृस्ट रन आउट समेत गरे। ब्याटिंगतर्फ २२ बलमा २ चौका मद्दतले अविजित २२ रन बनाएका उनले पाँचौ विकेटको लागि शर्फेन रुथरफोर्डसंग ८५ रनको अविजित साझेदारी गरे।

बलिंगतर्फ दिपेन्द्रले ७३ रन बनाएका फखर जमानको महत्वपूर्ण विकेट लिंदै रसि भान डर डुसेनसंगको ५५ रनको साझेदारी तोडे। ५३ बलमा ७ चौका र ३ छक्का प्रहार गरेका जमानलाई ऐरीले कार्लोस ब्राथवेटबाट क्याच आउट गराए।

आठौँ ओभरमा बलिंग सुरुवात गरेका ऐरीले पहिलो ओभरमा ४ रन खर्चिए भने दशौँ ओभरमा आफ्नो दोश्रो ओभर गर्ने क्रममा हर्श थाकरलाई आफ्नै बलमा सिधा थ्रो गर्दै रन आउट पारे। उक्त रन आउटको लागि ऐरीको कमेन्टटरले निकै तारिफ समेत गरे। दोश्रो ओभरमा उनले ७ रन खर्चिए। सोह्रौं ओभरमा तेश्रो ओभर बलिंग गर्ने क्रममा ओभरको पाँचौ बलमा उनले जमानलाई आउट पारे। ओभरको पहिलो बलमा उनलाई डुसेनले चौका प्रहार गरेका थिए। ओभरमा उनले ५ रन खर्चेर १ विकेट लिए।

टोरोन्टो नेसनल्सले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा ६७ रनमा ४ विकेट गुमाउदै मोन्टरियलको इनिंग्स धरासायी बन्दै थियो। सो अवस्थामा ऐरीले एक किनार सम्हाल्दै रुथरफोर्डलाई अन्तिमसम्म साथ दिए। सुरुवाती १४ बलमा मात्र ८ रन बनाएका ऐरीले त्यसपछि दुई चौका प्रहार गर्दै स्ट्राइक रेट बढाए। अर्को किनारमा प्लेयर अफ द म्याच घोषित रुथरफोर्डले ५३ बलमा ७ चौका र ६ छक्का मद्दतले अविजित ८४ रन बनाए।

लिगको पहिलो खेलमा सरे ज्यागुअर्स विरुद्ध २८ रन बनाएका ऐरीले दोश्रो खेलमा बेन्चमा बिताउनु परेको थियो। तेश्रो खेलमा मौका पाउदा ऐरीले आफ्नो क्षमता प्रमाणित गरेका छन्।

लगातार तेश्रो जितसंगै मोन्टरियल टाइगर्स लिग अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ।

टाइगर्सले आगामी खेल आज राति १:१५ बजे ब्राम्पटन वुल्भ्ससंग खेल्ने तालिका छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]