ग्लोबल टि-२० : बर्थडे ब्वाई सन्दिपको सिजनकै उत्कृस्ट प्रदर्शन

२०८० श्रावण १७, बुधबार २१:५८

Sandeep Lamichhane

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत आजै आफ्नो जन्मदिन मनाइरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले मिसीसागा प्यान्थर्स विरुद्ध जारि खेलमा शानदार बलिंग प्रदर्शन गरेका छन्।

सिजनकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा सन्दिपले ४ ओभरमा मात्र ६ रन खर्चेर ३ विकेट लिए।

इनिङ्ग्सको आठौँ ओभरमा बलिंग सुरुवात गरेका सन्दिपले पहिलो ओभरमा मात्र १ रन खर्चेर २ विकेट लिए। ओभरको पाँचौ बलमा उनले उत्कृस्ट लयमा रहेका पाकिस्तानी ब्याट्सम्यान आजम खानलाई स्लिपमा क्याच आउट पारे। लगत्तै बलमा उनले टम कुपरलाई गुग्ली गर्दै एलबिडब्लु पारे।

दशौँ ओभरमा आफ्नो दोश्रो ओभर गर्ने क्रममा सन्दिपले कसिलो बलिंग गर्दै मात्र ३ रन खर्चिए। बाह्रौं ओभरमा तेश्रो ओभर गर्ने क्रममा उनले मात्र १ रन खर्चिए।

चौधौं ओभरमा स्पेलको अन्तिम ओभर गरेका सन्दिपले ओभरको चौंथो बलमा जहुर खानलाई गुग्ली गर्दै एलबिडब्लु पारे। ओभरमा उनले मात्र ५ रन खर्चेर १ विकेट लिए।

लिग अन्तर्गत नेपाली स्पिनरले ६ खेलमा १० विकेट लिईसकेका छन् र सर्वाधिक विकेटकर्ताको सुचीमा तेश्रो स्थानमा छन्।

अघिल्लो खेलमा ब्राम्प्टन वुल्भ्स विरुद्ध विकेटविहिन रहेका उनले त्यस अघि मिसीसागा प्यान्थर्स विरुद्ध ३ विकेट लिएका थिए। उनले पहिलो खेलमा मोन्टरियल टाइगर्स विरुद्ध तथा तेश्रो खेलमा टोरोन्टो नेसनल्स विरुद्ध २/२ विकेट लिएका थिए।

https://www.youtube.com/watch?v=XMgp0-o13Qs

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy