ग्लोबल टि-२० : बर्थडे ब्वाई सन्दिपको सिजनकै उत्कृस्ट प्रदर्शन

Sandeep Lamichhane

क्यानडामा जारि ग्लोबल टि-२० क्यानडा लिग अन्तर्गत आजै आफ्नो जन्मदिन मनाइरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले मिसीसागा प्यान्थर्स विरुद्ध जारि खेलमा शानदार बलिंग प्रदर्शन गरेका छन्।

सिजनकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा सन्दिपले ४ ओभरमा मात्र ६ रन खर्चेर ३ विकेट लिए।

इनिङ्ग्सको आठौँ ओभरमा बलिंग सुरुवात गरेका सन्दिपले पहिलो ओभरमा मात्र १ रन खर्चेर २ विकेट लिए। ओभरको पाँचौ बलमा उनले उत्कृस्ट लयमा रहेका पाकिस्तानी ब्याट्सम्यान आजम खानलाई स्लिपमा क्याच आउट पारे। लगत्तै बलमा उनले टम कुपरलाई गुग्ली गर्दै एलबिडब्लु पारे।

दशौँ ओभरमा आफ्नो दोश्रो ओभर गर्ने क्रममा सन्दिपले कसिलो बलिंग गर्दै मात्र ३ रन खर्चिए। बाह्रौं ओभरमा तेश्रो ओभर गर्ने क्रममा उनले मात्र १ रन खर्चिए।

चौधौं ओभरमा स्पेलको अन्तिम ओभर गरेका सन्दिपले ओभरको चौंथो बलमा जहुर खानलाई गुग्ली गर्दै एलबिडब्लु पारे। ओभरमा उनले मात्र ५ रन खर्चेर १ विकेट लिए।

लिग अन्तर्गत नेपाली स्पिनरले ६ खेलमा १० विकेट लिईसकेका छन् र सर्वाधिक विकेटकर्ताको सुचीमा तेश्रो स्थानमा छन्।

अघिल्लो खेलमा ब्राम्प्टन वुल्भ्स विरुद्ध विकेटविहिन रहेका उनले त्यस अघि मिसीसागा प्यान्थर्स विरुद्ध ३ विकेट लिएका थिए। उनले पहिलो खेलमा मोन्टरियल टाइगर्स विरुद्ध तथा तेश्रो खेलमा टोरोन्टो नेसनल्स विरुद्ध २/२ विकेट लिएका थिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]