यू-१९ विश्वकप खेल्ने सबै १६ टिमको टुङ्गो

२०८० भाद्र ३, आईतवार १६:२८

Nepal U19 Cricket Team

सन् २०२४ मा श्रीलङ्कामा हुने आइसिसी यू-१९ विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।

अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट इन्डिज र जिम्बाब्वेले अघिल्लो संस्करणबाट सन् २०२४ को यू-१९ विश्वकपमा स्थान पक्का गरेका थिए।

बाँकी पाँच स्थानका लागि क्षेत्रीय छनोटबाट टिम टुङ्गो लगाउने आइसिसीले निर्णय गरेको थियो।

जसअन्तर्गत अफ्रिका, अमेरिका, एसिया, इस्ट एसिया प्यासेफिक र युरोपबाट एक एक टिम छनोट हुने व्यवस्था छ।

पछिल्लो पटक अमेरिकाले अमेरिका क्षेत्रीय छनोटबाट विश्वकपमा स्थान पक्का गर्‍यो। अमेरिकाले क्यानडालाई रनरेटमा पछि पार्दै विश्वकपम स्थान पक्का गरेको हो। अमेरिकाले र क्यानडाले ६ मध्ये ५ खेलमा जित हात पारे।

यसअघि स्कटल्यान्डले युरोप छनोटबाट विश्वकपमा स्थान बनाएको थियो। अफ्रिका छनोटबाट नामिबियाले युवा विश्वकपमा स्थान पक्का गरेको थियो।

नेपालले पनि युएईलाई पछि पार्दै विश्वकपमा स्थान पक्का गर्न सफल भएको थियो। इस्ट एसिया प्यासेफिकबाट भने न्युजिल्यान्ड छनोट भएको थियो।

आगामी वर्ष श्रीलङ्कामा हुने एक दिवसीय युवा विश्वकपको मिति भने सार्वजनिक गरिएको छैन।

यू-१९ विश्वकप २०२४ खेल्ने १६ टिममा अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट इन्डिज, जिम्बाब्वे, नेपाल, नामिबिया, स्कटल्यान्ड, न्युजिल्यान्ड र अमेरिका रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy