यू-१९ विश्वकप खेल्ने सबै १६ टिमको टुङ्गो

Nepal U19 Cricket Team

सन् २०२४ मा श्रीलङ्कामा हुने आइसिसी यू-१९ विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।

अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट इन्डिज र जिम्बाब्वेले अघिल्लो संस्करणबाट सन् २०२४ को यू-१९ विश्वकपमा स्थान पक्का गरेका थिए।

बाँकी पाँच स्थानका लागि क्षेत्रीय छनोटबाट टिम टुङ्गो लगाउने आइसिसीले निर्णय गरेको थियो।

जसअन्तर्गत अफ्रिका, अमेरिका, एसिया, इस्ट एसिया प्यासेफिक र युरोपबाट एक एक टिम छनोट हुने व्यवस्था छ।

पछिल्लो पटक अमेरिकाले अमेरिका क्षेत्रीय छनोटबाट विश्वकपमा स्थान पक्का गर्‍यो। अमेरिकाले क्यानडालाई रनरेटमा पछि पार्दै विश्वकपम स्थान पक्का गरेको हो। अमेरिकाले र क्यानडाले ६ मध्ये ५ खेलमा जित हात पारे।

यसअघि स्कटल्यान्डले युरोप छनोटबाट विश्वकपमा स्थान बनाएको थियो। अफ्रिका छनोटबाट नामिबियाले युवा विश्वकपमा स्थान पक्का गरेको थियो।

नेपालले पनि युएईलाई पछि पार्दै विश्वकपमा स्थान पक्का गर्न सफल भएको थियो। इस्ट एसिया प्यासेफिकबाट भने न्युजिल्यान्ड छनोट भएको थियो।

आगामी वर्ष श्रीलङ्कामा हुने एक दिवसीय युवा विश्वकपको मिति भने सार्वजनिक गरिएको छैन।

यू-१९ विश्वकप २०२४ खेल्ने १६ टिममा अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेस्ट इन्डिज, जिम्बाब्वे, नेपाल, नामिबिया, स्कटल्यान्ड, न्युजिल्यान्ड र अमेरिका रहेका छन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]