लगातार चौंथो जित दर्ता गर्दै नेपाल टि-२० विश्वकप एसिया छनोटको सेमीफाइनलमा

nepal womens cricket team

कतारलाई ९ विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेट टिम मलेसियामा जारि आईसीसी महिला टि-२० विश्वकप एसिया छनोट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।

हेर्नुस स्कोरकार्ड 

लगातार चौंथो जित दर्ता गरेको नेपाली टिमले यस अघि मलेसिया, बहराईन र भुटानलाई पराजित गरेको थियो। समुह चरणको अन्तिम खेलमा नेपालले बुधबार युएईसंग खेल्नेछ।

युकेएम वाईएसडी मैदानमा सम्पन्न खेलमा कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर १०.३ ओभरमा भेटायो।

ओपनर काजल श्रेष्ठ र सिता राना मगरले ४७ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। काजल २८ बलमा ४ चौका मद्दतले ३२ रन बनाएर आउट भएपछि सिता र इन्दु बर्माले नेपाललाई जितसम्म पुर्याए। सिताले अविजित १७ तथा इन्दुले अविजित २० रन बनाईन्।

टस हारेर ब्याटिंग गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो। उसको लागि साची ढाडवालले सर्वाधिक २१, अलिना खानले १५ तथा एन्जेलिने मारेले अविजित १४ रन योगदान दिईन्।

नेपालको बलिंगमा इन्दु बर्माले सर्वाधिक ३ विकेट हात परिन्। प्लेयर अफ द म्याच घोषित बर्माले ४ ओभरमा मात्र १० रन खर्चिन्। पुजा महतो र कविता जोशीले १/१ विकेट लिए।

समुह ‘ए’ बाट नेपाल र युएई सेमीफाइनल प्रवेश गरिसकेका छन् भने समुह ‘बि’ बाट सेमीफाइनल पुग्ने दुई टिमको टुंगो आज लाग्न सक्नेछ। हंगकंग र थाइल्याण्ड समुह ‘बि’ बाट सेमीफाइनल पुग्ने सम्भावना प्रवल छ। सेमीफाइनलमा समुह ‘ए’ को विजेताले समुह ‘वि’ को उपविजेताको तथा समुह ‘वि’ को विजेताले समुह ‘ए’ को विजेतासंग प्रतिस्पर्धा गर्नेछ। फाइनल पुग्ने दुई टिमले टि-२० विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ।





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]