वर्षाले युएईसंगको खेल रद्द हुँदा नेपाल समुह उपविजेताको रुपमा सेमीफाइनलमा

आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङगोर टर्फ क्लबमा तय खेल अघि वर्षा भएपछि खेल सुरु नभई रद्द भएको हो ।

आजको खेलमा विजेता बन्ने टोली यस समूहको समूह विजेता बन्ने समीकरण रहेको थियो । तर, खेल हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका छन्।

समुहको सबै ५ खेल खेल्दा समान ९ अंक रहेता पनि नेट रन रेटमा अघि रहँदै युएई समुह विजेता र नेपाल समुह उप-विजेता भएको छ। युएईको नेट रन रेट ३.३३९ छ भने नेपालको २.१८४ छ।

अब सेमीफाइनलमा नेपालले समूह ‘बी’ को विजेतासँग र युएईले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । आज हुने हंगकंग र थाइल्याण्ड बीचको खेलमा विजेता हुने टिमसंग नेपालले सेमीफाइनलमा खेल्नेछ। हंगकंग र थाइल्याण्ड बीचको खेल रद्द भएको खण्डमा समुह ‘बि’ को विजेता हंगकंग हुनेछ जोसंग नेपालले प्रतिस्पर्धा गर्नेछ। तुलनात्मक रुपमा थाइल्याण्ड बलियो टिम हुनाले नेपाल थाइल्याण्ड विरुद्ध हंगकंगको जित चाहन्छ जुन परिस्थितिमा नेपालले सेमीफाइनलमा हंगकंगसंग प्रतिस्पर्धा गर्नेछ।

३ खेल जितेको हङकङ ६ अङ्कसहित शीर्ष स्थानमा छ भने दुई जित र एक खेल नतिजाविहीन भएपछि थाइल्याण्ड ५ अङ्कसहित दोस्रोमा छ ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]