वर्षाले युएईसंगको खेल रद्द हुँदा नेपाल समुह उपविजेताको रुपमा सेमीफाइनलमा

आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङगोर टर्फ क्लबमा तय खेल अघि वर्षा भएपछि खेल सुरु नभई रद्द भएको हो ।

आजको खेलमा विजेता बन्ने टोली यस समूहको समूह विजेता बन्ने समीकरण रहेको थियो । तर, खेल हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका छन्।

समुहको सबै ५ खेल खेल्दा समान ९ अंक रहेता पनि नेट रन रेटमा अघि रहँदै युएई समुह विजेता र नेपाल समुह उप-विजेता भएको छ। युएईको नेट रन रेट ३.३३९ छ भने नेपालको २.१८४ छ।

अब सेमीफाइनलमा नेपालले समूह ‘बी’ को विजेतासँग र युएईले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । आज हुने हंगकंग र थाइल्याण्ड बीचको खेलमा विजेता हुने टिमसंग नेपालले सेमीफाइनलमा खेल्नेछ। हंगकंग र थाइल्याण्ड बीचको खेल रद्द भएको खण्डमा समुह ‘बि’ को विजेता हंगकंग हुनेछ जोसंग नेपालले प्रतिस्पर्धा गर्नेछ। तुलनात्मक रुपमा थाइल्याण्ड बलियो टिम हुनाले नेपाल थाइल्याण्ड विरुद्ध हंगकंगको जित चाहन्छ जुन परिस्थितिमा नेपालले सेमीफाइनलमा हंगकंगसंग प्रतिस्पर्धा गर्नेछ।

३ खेल जितेको हङकङ ६ अङ्कसहित शीर्ष स्थानमा छ भने दुई जित र एक खेल नतिजाविहीन भएपछि थाइल्याण्ड ५ अङ्कसहित दोस्रोमा छ ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy