श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया कप उपाधि जितेको हो।

कोलोम्बोमा टस जितेर ब्याटिंग गरेको श्रीलंकाले लज्जास्पद ब्याटिंग गर्दै १५.२ ओभरमा ५० रन मात्र बनाएपछि ५१ रनको झिनो लक्ष्य भारतले २६३ बल बाँकी छँदै भेटायो।

श्रीलंकाले बनाएको ५० रन एकदिवसीय अन्तर्राष्ट्रियको फाइनल खेलमा बनाइएको इतिहासकै सबैभन्दा कम योगफल हो। यस अघि सन् २००० मा भारतले श्रीलंका बिरुद्ध ५४ रन मात्र बनाएको थियो। यस्तै श्रीलंकाको योगफल उसको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासको दोश्रो कम योगफल हो। सन् २०१२ मा दक्षिण अफ्रीकासंग श्रीलंकाले ४३ रन मात्र बनाएको थियो।

लक्ष्य पछ्याउने क्रममा भारतीय ओपनर शुबमन गिलले अविजित २७ तथा इशान किशनले अविजित २३ रन बनाए।

यस अघि भारतीय फास्ट बलर मोहम्मद सिराजले आफ्नो करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने गर्ने क्रममा मात्र २१ रन खर्चेर ६ विकेट लिंदै श्रीलंकन इनिंग्स ध्वस्त पारे। ७ ओभर बलिंग गर्दै उनले १ मेडन गरे। यो स्पेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै भारतीय बलरको चौंथो उत्कृस्ट स्पेल हो। यस्तै श्रीलंका विरुद्ध यो सबैभन्दा उत्कृस्ट बलिंग स्पेल हो।  अर्का पेसर हार्दिक पान्ड्याले ३ ( २.२-९-३-३ ) र जस्प्रित बुम्राहले १ विकेट ( ५-१-२३-१ ) लिए।

श्रीलंकाको ब्याटिंगमा कुशल मेन्डिसले १७ तथा दुशान हेमान्थाले १३ रन बनाए। उसका ५ जना ब्याट्सम्यानले खाता समेत खोल्न सकेनन्।

 





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]