श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

२०८० भाद्र ३१, आईतवार १८:३३

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया कप उपाधि जितेको हो।

कोलोम्बोमा टस जितेर ब्याटिंग गरेको श्रीलंकाले लज्जास्पद ब्याटिंग गर्दै १५.२ ओभरमा ५० रन मात्र बनाएपछि ५१ रनको झिनो लक्ष्य भारतले २६३ बल बाँकी छँदै भेटायो।

श्रीलंकाले बनाएको ५० रन एकदिवसीय अन्तर्राष्ट्रियको फाइनल खेलमा बनाइएको इतिहासकै सबैभन्दा कम योगफल हो। यस अघि सन् २००० मा भारतले श्रीलंका बिरुद्ध ५४ रन मात्र बनाएको थियो। यस्तै श्रीलंकाको योगफल उसको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासको दोश्रो कम योगफल हो। सन् २०१२ मा दक्षिण अफ्रीकासंग श्रीलंकाले ४३ रन मात्र बनाएको थियो।

लक्ष्य पछ्याउने क्रममा भारतीय ओपनर शुबमन गिलले अविजित २७ तथा इशान किशनले अविजित २३ रन बनाए।

यस अघि भारतीय फास्ट बलर मोहम्मद सिराजले आफ्नो करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने गर्ने क्रममा मात्र २१ रन खर्चेर ६ विकेट लिंदै श्रीलंकन इनिंग्स ध्वस्त पारे। ७ ओभर बलिंग गर्दै उनले १ मेडन गरे। यो स्पेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै भारतीय बलरको चौंथो उत्कृस्ट स्पेल हो। यस्तै श्रीलंका विरुद्ध यो सबैभन्दा उत्कृस्ट बलिंग स्पेल हो।  अर्का पेसर हार्दिक पान्ड्याले ३ ( २.२-९-३-३ ) र जस्प्रित बुम्राहले १ विकेट ( ५-१-२३-१ ) लिए।

श्रीलंकाको ब्याटिंगमा कुशल मेन्डिसले १७ तथा दुशान हेमान्थाले १३ रन बनाए। उसका ५ जना ब्याट्सम्यानले खाता समेत खोल्न सकेनन्।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy