नेपाल प्रिमियर लिग क्यान आफैले आयोजना गर्ने

२०८० आश्विन ९, मंगलवार २०:३८

नेपाल प्रिमियर लिग टि-ट्वान्टी प्रतियोगिताको दोश्रो संस्करण नेपाल क्रिकेट संघ ( क्यान ) आफैले आयोजना गर्ने तयारी गरेको छ।

क्यानको मंगलबार बसेको कार्यसमिति वैठकले प्रतियोगिता आगामी वर्ष २०२४ को मार्च/अप्रिल मा आयोजना गर्ने गरि तयारी अघि बढाउने निर्णय गरेको छ।

प्रतियोगिताको अघिल्लो संस्करण भारतीय कम्पनि सेभेन थ्री स्पोर्ट्सले आयोजना गरेको थियो जुन बिभिन्न कारणले विवादित बन्न पुगेको थियो। जसपछि क्यानले उक्त कम्पनिसंगको सम्झौता रद्द गरिसकेको छ।

यस्तै क्यानले देश भित्र अन्य फ़्रेन्चाइज् लिग आयोजना गर्न पनि अनुमति दिने भएको छ। तर प्रतियोगिता विदेशी खेलाडी विना घरेलु लिगको रुपमा संचालन गर्नु पर्ने बताएको छ।

क्यानले एभरेस्ट प्रिमियर लिग ( EPL ) आयोजनाको लागि प्राप्त प्रस्ताव बारे छलफल गर्दै नेपाल प्रिमियर लिग आयोजना सम्पन्न भएपछिको आगामी वोर्ध बैठकमा त्यस बारे छलफल गरेर प्रतियोगिता आयोजना गर्ने दिने सम्बन्धमा निर्णय गर्ने सहमति गरेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy