देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

२०८० आश्विन १७, बुधबार १७:०६

dev khanal

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय टिमको घोषणा गरेको छ।

टिमको कप्तानी राष्ट्रिय क्रिकेटर समेत रहेका देव खनालले गर्नेछन्।

घोषित टिम : देव खनाल ( कप्तान ) आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा ( ए ) , दीपक बोहरा ( बि ) , उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द , सुबाश भण्डारी, बिशाल केसी, मिलन बोहरा रिजर्भ : प्रज्वल थापा, बिपिन रावल, निर्मल गुरुङ, राजेश यादव

Nepal U19 Squad

प्रतियोगितामा कुल १६ टिम सहभागी छन्। सहभागी टिमहरुलाई ४ वटा समुहमा बिहाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा छ जुन समुहमा बहराईन, साउदी अरब र इरान छन्। समुह ‘बि’ मा युएई, ओमान, कतार र चिन छन्। समुह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्याण्ड र माल्दिभ्स छन्। समुह डी मा हंगकंग, मलेसिया, जापान र इन्डोनेसिया छन्।

समुह चरणमा सबै टिमले एकअर्कासंग १/१ खेल खेलीसकेपछि चारवटै समुहबाट उत्कृस्ट हुने टिमहरूले सेमीफाइनल खेल्नेछन्।

नेपालले पहिलो खेल इरानसंग अक्टोबर १२ तारिखमा, दोश्रो खेल बहराईनसंग अक्टोबर १५ मा तथा तेश्रो खेल अक्टोबर १९ मा साउदी अरबसंग खेल्ने तालिका छ।

ACC U19 Premier cup Schedule

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy