देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

dev khanal

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय टिमको घोषणा गरेको छ।

टिमको कप्तानी राष्ट्रिय क्रिकेटर समेत रहेका देव खनालले गर्नेछन्।

घोषित टिम : देव खनाल ( कप्तान ) आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा ( ए ) , दीपक बोहरा ( बि ) , उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द , सुबाश भण्डारी, बिशाल केसी, मिलन बोहरा रिजर्भ : प्रज्वल थापा, बिपिन रावल, निर्मल गुरुङ, राजेश यादव

Nepal U19 Squad

प्रतियोगितामा कुल १६ टिम सहभागी छन्। सहभागी टिमहरुलाई ४ वटा समुहमा बिहाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा छ जुन समुहमा बहराईन, साउदी अरब र इरान छन्। समुह ‘बि’ मा युएई, ओमान, कतार र चिन छन्। समुह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्याण्ड र माल्दिभ्स छन्। समुह डी मा हंगकंग, मलेसिया, जापान र इन्डोनेसिया छन्।

समुह चरणमा सबै टिमले एकअर्कासंग १/१ खेल खेलीसकेपछि चारवटै समुहबाट उत्कृस्ट हुने टिमहरूले सेमीफाइनल खेल्नेछन्।

नेपालले पहिलो खेल इरानसंग अक्टोबर १२ तारिखमा, दोश्रो खेल बहराईनसंग अक्टोबर १५ मा तथा तेश्रो खेल अक्टोबर १९ मा साउदी अरबसंग खेल्ने तालिका छ।

ACC U19 Premier cup Schedule




थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]