CWC 2023 : नेदरल्याण्डलाई पराजित गर्दै पाकिस्तानको विजयी सुरुवात

२०८० आश्विन १९, शुक्रबार २२:००

भारतमा जारि १३ औं आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार सम्पन्न दोश्रो खेलमा पाकिस्तानले नेदरल्याण्डलाई ८१ रनले पराजित गरेको छ।

हैदरावाद स्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले दिएको २८७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले ४१ ओभरमा २०५ रन बनाउदा सबै विकेट गुमायो।

नेदरल्याण्डको लागि बास डी लिडेले सर्वाधिक ६७ तथा विक्रमजित सिंहले ५२ रन योगदान दिए। तेश्रो विकेटको लागि लिडे र सिंह विच भएको ७० रनको साझेदारी बाहेक अन्य ठूलो साझेदारी गर्न नसक्दा नेदरल्याण्ड पराजित भयो।

पाकिस्तानको बलिंगमा हरिस रौफले सर्वाधिक ३ विकेट लिए। हसन अलिले २ तथा शाहिन अफ्रिदी, इफ्तिखार एहमद, मोहम्मद नवाज र शदाब खानले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाएर २८६ रन बनायो।

३८ रनमा ३ विकेट गुमाएको अवास्थाबाट मोहम्मद रिजवान र सौद शकिलले शतकीय साझेदारी गर्दै पाकिस्तानलाई उकासे। रिजवान र शकिल दुवैले समान ६८ रन बनाए। मोहम्मद नवाजले ३९ तथा शदाब खानले ३२ रन बनाए भने हरिस रौफले १६ तथा शाहिन अफ्रिदीले अविजित १३ रन बनाए।

नेदरल्याण्ड बलर बास डी लिडेले ४ विकेट ( ९-०-६४-४ ) तथा कोलिन एंकरम्यानले २ विकेट लिए। आर्यन दत्त, लोगान भान विक र पल भान मिकीरनले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत भोलि शनिवार दुई खेल हुनेछन् पहिलो खेल बंगलादेश र अफगानिस्तान बीच १०:४५ बजे बिहान सुरु हुनेछ भने दोश्रो खेल दक्षिण अफ्रीका र श्रीलंका बीच २:१५ बजे दिउँसो सुरु हुनेछ।

https://youtu.be/0FfKlIpQjb4?si=9NJTIwJyQitxARN2

https://youtu.be/pouSofaLlTM?si=p7R2wxMB_xLhrqg2

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy