CWC 2023 : नेदरल्याण्डलाई पराजित गर्दै पाकिस्तानको विजयी सुरुवात

भारतमा जारि १३ औं आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार सम्पन्न दोश्रो खेलमा पाकिस्तानले नेदरल्याण्डलाई ८१ रनले पराजित गरेको छ।

हैदरावाद स्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले दिएको २८७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले ४१ ओभरमा २०५ रन बनाउदा सबै विकेट गुमायो।

नेदरल्याण्डको लागि बास डी लिडेले सर्वाधिक ६७ तथा विक्रमजित सिंहले ५२ रन योगदान दिए। तेश्रो विकेटको लागि लिडे र सिंह विच भएको ७० रनको साझेदारी बाहेक अन्य ठूलो साझेदारी गर्न नसक्दा नेदरल्याण्ड पराजित भयो।

पाकिस्तानको बलिंगमा हरिस रौफले सर्वाधिक ३ विकेट लिए। हसन अलिले २ तथा शाहिन अफ्रिदी, इफ्तिखार एहमद, मोहम्मद नवाज र शदाब खानले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाएर २८६ रन बनायो।

३८ रनमा ३ विकेट गुमाएको अवास्थाबाट मोहम्मद रिजवान र सौद शकिलले शतकीय साझेदारी गर्दै पाकिस्तानलाई उकासे। रिजवान र शकिल दुवैले समान ६८ रन बनाए। मोहम्मद नवाजले ३९ तथा शदाब खानले ३२ रन बनाए भने हरिस रौफले १६ तथा शाहिन अफ्रिदीले अविजित १३ रन बनाए।

नेदरल्याण्ड बलर बास डी लिडेले ४ विकेट ( ९-०-६४-४ ) तथा कोलिन एंकरम्यानले २ विकेट लिए। आर्यन दत्त, लोगान भान विक र पल भान मिकीरनले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत भोलि शनिवार दुई खेल हुनेछन् पहिलो खेल बंगलादेश र अफगानिस्तान बीच १०:४५ बजे बिहान सुरु हुनेछ भने दोश्रो खेल दक्षिण अफ्रीका र श्रीलंका बीच २:१५ बजे दिउँसो सुरु हुनेछ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]