हङकङ सिरिजका लागि महिला राष्ट्रिय टिम घोषणा , रुविना र सीताले अलस्टार्स टी-२० खेल्ने

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी-२० शृङ्खलाका लागि आज (मङ्गलवार) २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोजना हुने प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, युएई र मलेसिया छन् ।

छनोट हुने नेपाली टोलीमा रुबिना क्षेत्री, पूजा महतो, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, सङ्गीता राई, ज्योति पाण्डे र रोमा थापा छन् । त्यसैगरी ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, कविता जोशी, अश्मिना कर्माचार्य, खुसी डङ्गोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ र मनीषा चौधरी छन् ।

रुविना र सीताले अलस्टार्स टी-२० खेल्ने

यसबिच नेपालका दुई अनुभवी महिला क्रिकेट रुविना र सीताले विदेशी खेलाडीको हैसियतमा हङकङको घरेलु प्रतियोगिता वुमेन्स अल स्टार्स टी-२० प्रतियोगितामा खेल्ने हुनुभएको छ । यी दुवैले चारदेशीय टी-२० क्रिकेट शृङ्खलाअघि अल स्टार्स टी-२० खेल्नुहुनेछ । सो प्रतियोगिता कात्तिक २४ गतेदेखि सुरु हुँदैछ ।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]