एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्।

दिनको पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गर्यो। घोडाघोडीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६.५ ओभरमा ८६ रनमा सबै विकेट गुमायो।

स्कोरकार्ड 

लिटल फ्लावरको लागि मनिष थापाले सर्वाधिक १७ रन बनाए। कृष्ण कार्कीले १५ तथा प्रतिक श्रेष्ठ र कौशल रुपाखेतीले समान ११ रन योगदान दिए। घोडाघोडीका देब्रे हाते स्पिनर अशोक धामी एक्लैले ५ विकेट लिंदै लिटल फ्लावरको इनिंग्स धरासायी बनाए। प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा १८ रन खर्चिए। नरेश सुनारले २ तथा नभयुग बस्नेतले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १९.५ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो।

घोडाघोडीको लागि नरेश सुनारले सर्वाधिक ३४ रन बनाए। बिपिन विक्रम शाहीले २४ तथा कृष कार्कीले २२ रन बनाए।

लिटल फ्लावर स्कुलका दिनेश अधिकारीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३.५ ओभरमा १७ रन खर्चिए। कप्तान कृष्ण कार्कीले ३ , कौशल रुपाखेतीले २ तथा बिपिन खत्रीले १ विकेट लिए।

Dabal Ayer ( Kailali District Cricket Club )

दिनको दोश्रो खेलमा कैलाली जिल्ला क्रिकेट क्लबले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टरलाई ३४ रनले पराजित गर्यो। स्कोरकार्ड 

कैलालीले दिएको १४० रनको लक्ष्य पछ्याएको खप्तडले १७.४ ओभरमा १०५ रन बनाउदा सबै विकेट गुमायो।

खप्तडको लागि प्रकाश पाण्डेले सर्वाधिक २६, अभिषेक थापाले २० तथा अरुण रानाले १२ रन बनाए। कैलालीका बलर नरेन साउदले ४ विकेट लिए जुन क्रममा ३ ओभरमा १५ रन खर्चिए। दिपक टमाटाले २ विकेट लिंदा शेर मल्ल, दिपक रोकाया, डबल ऐर र राहुल केसीले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको कैलाली जिल्ला क्रिकेट क्लबले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो।

कैलालीको लागि ओपनर डबल ऐरले अर्धशतकीय योगदान दिने क्रममा ओपनिंग ब्याटिंग गर्दै अविजित ५४ रन बनाए। प्लेयर अफ द म्याच समेत घोषित ऐरले ५२ बलमा ४ चौका र २ छक्का प्रहार गरे। शुदांशु रावलले १९ रन बनाउदा हृदय बिठारी, दिपक टमाटा र नरेन साउदले समान १० रन बनाए।

खप्तडको बलिंगमा अरुण रानाले ३ तथा रवी विस्ट र नगेन्द्र उपाध्यायले २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत भोलि बिहिबार दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे युथ अफ टिकापुर र शारदा सेकेण्डरी स्कुल बीच तथा दोश्रो खेल दिउँसो १ बजे सत्यवती एकेडेमी र जेएस स्पोर्ट्स-११ सुपर स्टार्स बीच खेलिनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]