एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

२०८० मंसिर २०, बुधबार १६:५२

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्।

दिनको पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गर्यो। घोडाघोडीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६.५ ओभरमा ८६ रनमा सबै विकेट गुमायो।

स्कोरकार्ड 

लिटल फ्लावरको लागि मनिष थापाले सर्वाधिक १७ रन बनाए। कृष्ण कार्कीले १५ तथा प्रतिक श्रेष्ठ र कौशल रुपाखेतीले समान ११ रन योगदान दिए। घोडाघोडीका देब्रे हाते स्पिनर अशोक धामी एक्लैले ५ विकेट लिंदै लिटल फ्लावरको इनिंग्स धरासायी बनाए। प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा १८ रन खर्चिए। नरेश सुनारले २ तथा नभयुग बस्नेतले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १९.५ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो।

घोडाघोडीको लागि नरेश सुनारले सर्वाधिक ३४ रन बनाए। बिपिन विक्रम शाहीले २४ तथा कृष कार्कीले २२ रन बनाए।

लिटल फ्लावर स्कुलका दिनेश अधिकारीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३.५ ओभरमा १७ रन खर्चिए। कप्तान कृष्ण कार्कीले ३ , कौशल रुपाखेतीले २ तथा बिपिन खत्रीले १ विकेट लिए।

Dabal Ayer ( Kailali District Cricket Club )

दिनको दोश्रो खेलमा कैलाली जिल्ला क्रिकेट क्लबले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टरलाई ३४ रनले पराजित गर्यो। स्कोरकार्ड 

कैलालीले दिएको १४० रनको लक्ष्य पछ्याएको खप्तडले १७.४ ओभरमा १०५ रन बनाउदा सबै विकेट गुमायो।

खप्तडको लागि प्रकाश पाण्डेले सर्वाधिक २६, अभिषेक थापाले २० तथा अरुण रानाले १२ रन बनाए। कैलालीका बलर नरेन साउदले ४ विकेट लिए जुन क्रममा ३ ओभरमा १५ रन खर्चिए। दिपक टमाटाले २ विकेट लिंदा शेर मल्ल, दिपक रोकाया, डबल ऐर र राहुल केसीले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको कैलाली जिल्ला क्रिकेट क्लबले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो।

कैलालीको लागि ओपनर डबल ऐरले अर्धशतकीय योगदान दिने क्रममा ओपनिंग ब्याटिंग गर्दै अविजित ५४ रन बनाए। प्लेयर अफ द म्याच समेत घोषित ऐरले ५२ बलमा ४ चौका र २ छक्का प्रहार गरे। शुदांशु रावलले १९ रन बनाउदा हृदय बिठारी, दिपक टमाटा र नरेन साउदले समान १० रन बनाए।

खप्तडको बलिंगमा अरुण रानाले ३ तथा रवी विस्ट र नगेन्द्र उपाध्यायले २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत भोलि बिहिबार दुई खेल हुनेछन्। पहिलो खेल विहान ९ बजे युथ अफ टिकापुर र शारदा सेकेण्डरी स्कुल बीच तथा दोश्रो खेल दिउँसो १ बजे सत्यवती एकेडेमी र जेएस स्पोर्ट्स-११ सुपर स्टार्स बीच खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy