अभानीको जितमा रिजन उत्कृस्ट

बर्दियाको गुलरियामा जारि स्वर्गीय अजय मेमोरियल टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा अभानी रीयल इस्टेट क्रिकेट क्लब विजयी भएको छ।

समुह ‘डी’ अन्तर्गतको खेलमा अभानीले होराइजन क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्यो।

होराइजनले दिएको ८१ रनको लक्ष्य अभानीले १०.३ ओभरमा पुरा गर्यो।

Sumit Maharjan

अभानीको लागि सुमित महर्जनले सर्वाधिक ३५ रन बनाए जुन क्रममा २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सुमन सुनारले १६ रन बनाए जुन क्रममा १४ बलमा १ चौका र १ छक्का प्रहार गरे।

होराइजनको बलिंगमा बिपर्सन केसीले २ विकेट लिंदा महेश भाट, सन्तोष यादव, निर्मल गुरुङ र निरञ्जन भट्टराईले १/१ विकेट लिए।

Rijan Dhakal

यस अघि टस जितेर ब्याटिंग गरेको होराइजनले १७ ओभरमा ८० रन बनाउदा सबै विकेट गुमायो।

होराइजनको लागि ओपनर निर्मल थापाले १९ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अभानीकोक बलिंगमा रिजन ढकालले सर्वाधिक ४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित ढकालले ३ ओभरमा १२ रन खर्चिए। शुभ कंसाकारले ३ विकेट तथा सुमित महर्जनले १ विकेट लिए।

१२ टिम सहभागी प्रतियोगिता एक साता चल्नेछ।

Rijan Dhakal ( Player of the match )





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]