अभानीको जितमा रिजन उत्कृस्ट

बर्दियाको गुलरियामा जारि स्वर्गीय अजय मेमोरियल टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलमा अभानी रीयल इस्टेट क्रिकेट क्लब विजयी भएको छ।

समुह ‘डी’ अन्तर्गतको खेलमा अभानीले होराइजन क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्यो।

होराइजनले दिएको ८१ रनको लक्ष्य अभानीले १०.३ ओभरमा पुरा गर्यो।

Sumit Maharjan

अभानीको लागि सुमित महर्जनले सर्वाधिक ३५ रन बनाए जुन क्रममा २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सुमन सुनारले १६ रन बनाए जुन क्रममा १४ बलमा १ चौका र १ छक्का प्रहार गरे।

होराइजनको बलिंगमा बिपर्सन केसीले २ विकेट लिंदा महेश भाट, सन्तोष यादव, निर्मल गुरुङ र निरञ्जन भट्टराईले १/१ विकेट लिए।

Rijan Dhakal

यस अघि टस जितेर ब्याटिंग गरेको होराइजनले १७ ओभरमा ८० रन बनाउदा सबै विकेट गुमायो।

होराइजनको लागि ओपनर निर्मल थापाले १९ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अभानीकोक बलिंगमा रिजन ढकालले सर्वाधिक ४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित ढकालले ३ ओभरमा १२ रन खर्चिए। शुभ कंसाकारले ३ विकेट तथा सुमित महर्जनले १ विकेट लिए।

१२ टिम सहभागी प्रतियोगिता एक साता चल्नेछ।

Rijan Dhakal ( Player of the match )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy