ज्योति पाण्डेद्वारा सन्यास घोषणा

राष्ट्रिय क्रिकेटर ज्योति पाण्डेले सबै खालको क्रिकेटबाट सन्यास घोषणा गरेकी छिन्।

प्रधानमन्त्री कप महिला टी-२० कपको बुधबार सम्पन्न फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लब च्याम्पियन भएपछि ज्योतिले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् । खेलमा पाण्डेले ओपनिंग ब्याटिंग गर्दै ३० बलमा ३ चौका मद्दतले २७ रन बनाईन्।

घरेलु क्रिकेटमा विभागीय टोलि एपीएफको प्रतिनिधित्व गर्ने पाण्डेले नेपाली राष्ट्रिय टिमको लागि अन्तिम पटक गत वर्ष जुन २०२३ मा मलेसिया विरुद्ध प्रतिनिधित्व गरेकी थिईन्।

२६ वर्षीय विकेटकिपर ब्याटर पाण्डेले नेपालको लागि १७ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्ने क्रममा १९.०९ को औशतले २१० रन बनाएकी छिन्। उनले नेपालको लागि २०१७ को टि-२० विश्वकप एसिया छनोटमा डेब्यु गरेकी थिईन्।

सन्यास पछि ज्योति पाण्डेसंग कुराकानी 





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]