ज्योति पाण्डेद्वारा सन्यास घोषणा

राष्ट्रिय क्रिकेटर ज्योति पाण्डेले सबै खालको क्रिकेटबाट सन्यास घोषणा गरेकी छिन्।

प्रधानमन्त्री कप महिला टी-२० कपको बुधबार सम्पन्न फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लब च्याम्पियन भएपछि ज्योतिले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् । खेलमा पाण्डेले ओपनिंग ब्याटिंग गर्दै ३० बलमा ३ चौका मद्दतले २७ रन बनाईन्।

घरेलु क्रिकेटमा विभागीय टोलि एपीएफको प्रतिनिधित्व गर्ने पाण्डेले नेपाली राष्ट्रिय टिमको लागि अन्तिम पटक गत वर्ष जुन २०२३ मा मलेसिया विरुद्ध प्रतिनिधित्व गरेकी थिईन्।

२६ वर्षीय विकेटकिपर ब्याटर पाण्डेले नेपालको लागि १७ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्ने क्रममा १९.०९ को औशतले २१० रन बनाएकी छिन्। उनले नेपालको लागि २०१७ को टि-२० विश्वकप एसिया छनोटमा डेब्यु गरेकी थिईन्।

सन्यास पछि ज्योति पाण्डेसंग कुराकानी 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy