यु-१९ विश्वकप : अर्जुनको उत्कृस्ट इनिंग्स बाबजुद न्युजिल्यान्डसंग नेपाल पराजित

२०८० माघ ७, आईतवार २१:५९

दक्षिण अफ्रीकामा जारि पन्ध्रौँ संस्करणको अन्डर-१९ विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसंग ६४ रनले पराजित भएको छ।

बफालो पार्क मैदानमा सम्पन्न खेलमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर ब्याटिंग गर्दै ९ विकेट क्षेतीमा २३८ रन मात्र बनाउन सक्यो।

हेर्नुस खेलको स्कोरकार्ड 

नेपालको ब्याटिंगमा ओपनर अर्जुन कुमालले ९० रनको योगदान दिएता पनि उनलाई लामो समय अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्। कुमालले १०४ बलमा १२ चौका प्रहार गरे।

नेपालको सुरुवात खराब रह्यो ओपनर दिपक बोहरा खाता नखोली तथा र तेश्रो नम्बरका आकाश त्रिपाठी २ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि ओपनर अर्जुन कुमाल र कप्तानले ५९ रनको साझेदारी गर्दै इनिंग्स उकास्ने प्रयास गरे। तर सोह्रौं ओभरमा देवलाई ओस्कार ज्याकसनले क्याच आउट पार्दै न्युजिल्यान्डलाई खेलमा फर्काए। देवले ३४ बलमा ५ चौका र १ छक्का मद्दतले ३६ रन बनाए।

देवको विकेट पछि अर्जुनले एक किनार सम्हालेता पनि अर्को किनारमा नेपालले लगातार विकेट गुमायो। उत्तम मगर खाता नखोली आउट भए भने गुल्सन झाले २ रन मात्र जोड्न सके। दिपक बोहराले १५ रन बनाउदा दिपेश कंडेलले खाता खोल्न सकेनन्। आठौँ विकेटको लागि अर्जुनले सुबास भण्डारीसंग ४३ रन जोडे।

शतकबाट १० रनले टाढा हुँदा अर्जुन कुमाललाई इवाल्ड श्रेडरले क्याच आउट पारे। त्यसपछि नवौं नम्बरमा ब्याटिंग गरेका सुबास भण्डारीले नवौं विकेटको लागि आकाश चन्दसंग २५ रनको तथा दशौँ विकेटको लागि तिलक भण्डारीसंग अविजित ३७ रनको साझेदारी गरेता पनि जित्न पर्याप्त रहेन। सुबासले ५२ बलमा ४ चौका मद्दतले अविजित ३३ तथा तिलकले १९ बलमा २ चौका र १ छक्का मद्दतले १७ रन बनाए।

न्युजिल्यान्डको बलिंगमा मेसन क्लार्कले ३ तथा इवाल्ड श्रेडर र ओस्कार ज्याकसंगले २/२ विकेट लिए।

Arjun Kumal ले ९० रन बनाए
Arjun Kumal ले ९० रन बनाए

यस अघि टस जितेर ब्याटिंग गरको न्युजिल्यान्डले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षेतीमा ३०२ रन बनायो।

न्युजिल्यान्डको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका स्नेहिथ रेड्डीले शतक बनाउने क्रममा अविजित १४७ रनको विशाल स्कोर बनाए। १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे। कप्तान ओस्कार ज्याक्सनले ७५ रन बनाए। टम जोन्सले ३३, लुक वाट्सनले १४ तथा एलेक्स थोम्पसनले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

६७ रनमा ३ विकेट गुमाएको अवस्थाबाट चौंथो विकेटको लागि रेड्डी र ज्याक्सनले १५७ रनको साझेदारी गरे।

नेपालको बलिंगमा अफ स्पिनर सुबास भण्डारीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले १० ओभरमा ६० रन खर्चिए। गुल्सन झाले २ ( २/६० ) तथा दिपेश कंडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत समुह ‘डी’ मा रहेको नेपालले दोश्रो खेल पाकिस्तानसंग जनवरी २४ तारिखमा तथा तेश्रो खेल अफगानिस्तानसंग जनवरी २६ तारिखमा खेल्ने तालिका छ।

१६ टिम सहभागी प्रतियोगिताको नेपाल रहेको समुह ‘डी’ मा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान छन्। समुह चरणमा सबै टिमले एक अर्कासंग १/१ खेल खेलेपछि प्रत्येक समुहबाट शिर्ष तिन टिम सुपर-सिक्स चरण खेल्न छनोट हुनेछ। सुपर सिक्स चरणमा पुग्ने १२ टिमलाई दुई समुहमा बिभाजन गरेर खेलाइनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy